जनजागरण टोल विकास संस्था पोखरा १७ को अध्यक्षमा देवी थापा

  • ख-
  • ख+


पाेखरा ।
जनजागरण टोल विकास संस्था पोखरा १७ को अध्यक्षमा देवी थापा चयन भएकी छन् ।

संस्थाकाे हालै सम्पन्न तेस्राे अधिवेशन तथा छैटौं साधरणसभाले थापाकाे अध्यक्षतामा एघार सदस्यीय समिति सर्वसम्मत चयन गरेकाे हाे ।

संस्थाकाे उपाध्यक्षमा कमल प्रसाद बराल, सचिवमा शिव बराल शर्मा, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ, सहसचिवमा गोविन्द शर्मा र सदस्यहरुमा नन्दु देवी पोख्रेल, हिरादेवी आले, प्रकाश गुरुङ, भगवती रेग्मी बराल, बिश्वास भण्डारी, तुलसीप्रसाद पौडेल चयन भयका छन् ।

नवनिर्वाचित अध्यक्ष थापाले आगामी दिनहरुमा सबै टोलबासीसॅग हातेमालो गर्दै अधुरा रहेका विकास निर्माणमा काममा लागि पर्ने र सो कार्यका लागि सबैको साथ र सहयोगको अपेक्षा पनि गरेको बताईन् ।

कार्यक्रमका प्रमुख अतिथि वडा नम्वर १७ का अध्यक्ष
तिर्थराज अधिकारीले टाेल भित्रको विकास निर्माणमा सदैव आफ्नो साथ र सहयोग रहने भएकाले टोलका समस्या समाधानको लागी आफ्नो कार्यालय सदा खुल्ला रहने बताए ।

विशेष अतिथि नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारीले राजनीतिक विचारलाई थाती राखेर टोलको विकासमा सबै एकजुट हुन जाेड दिईन् ।

कार्यक्रममा वडा सचिव ईश्वरी पोखरेल, रामेश्वर टोल विकास संस्थाका अध्यक्ष दिपेन्द्र आचार्य, प्रगति टोल विकासका अध्यक्ष उमाकान्त पौडल, टोलका पुर्व सचिव गोबिन्द सापकोटा,जनजागरण आमा समुहका अध्यक्ष एवं टोल बिकासका सहसचिव नन्द गुरुङ , सदस्य एवं समाजसेवी अर्जुन खनाल लगायत बौद्धिक र अग्रज ब्यक्तित्वहरुले शुभकामना मन्तव्य राखेका थिए ।

साँघुरा बाटोलाई फराकिलो बाटोमा परिणत, खानेपानी र बिजुलीको व्यवस्थापनमा समिति र अग्रजहरुले गरेको योगदानको उच्च मुल्यांकन गर्दै संस्थापक सचिव गोबिन्द सापकोटा, सचिव यम प्रसाद पौडेल, पुर्व कोषाध्यक्ष प्रेम थापा र कृष्ण कुमारी मल्ललाई सम्मान गरिएको छ ।

युवराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममन सचिव यमप्रसादको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष शिव बरालको आर्थिक प्रतिवेदन सुझाव सहित सर्वसम्मतिले पास गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्