डुम्रे सांस्कृतिक युवा परिवारको अध्यक्षमा श्रेष्ठ

  • ख-
  • ख+

तनहुँ ःडुम्रे सांस्कृतिक युवा परिवारको अध्यक्षमा कैलास श्रेष्ठ चयन भएका छन् ।

शनिबार आफ्नै भवनमा सम्पन्न २३ औ साधारण सभा तथा १३ औ अधिवेशनले आगामी दुई वर्षका लागि कैलास श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्ष विक्की गुरुङ,सचिव शम्भु श्रेष्ठ,कोषाध्यक्ष वाबुल गुरुङ, सह सचिव ईश्वर नेपाल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा धुर्व कुमार श्रेष्ठ,अभिजेस पिया,रोमन श्रेष्ठ,सन्तोष श्रेष्ठ,शिशिर श्रेष्ठ र राज कुमार श्रेष्ठ चयन भएका छन् ।

प्रमुख अतिथि बन्दिपुर गाउँपालिका अध्यक्ष पूर्ण सिं थापाले डुम्रे सांस्कृतिक युवा परिवार तनहुँ जिल्लाकै धनि र पुरानो संस्था भएकोले समाजमा भई परि आउने हरेक समस्या समाधानमा यो संस्थाले अंहम भूमिका निर्वाह गर्न सक्ने बताए ।
कार्यक्रममा उनले खेलकुद संगै सामाजिक र सांस्कृतिक क्षेत्रमा संस्थाले पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका थिए ।

डुम्रे सांस्कृतिक युवा परिवारले गर्ने सामाजिक कार्यमा हामी सहकार्य गर्न तयार छौ । उनले भने ।
सोही कार्यक्रममा केहि वर्ष देखि रोकिएको रोपाई जात्रालाई निरन्तरता दिएको भन्दै पूर्व अध्यक्ष राज कुमार श्रेष्ठ सम्मानित गरेको थिए ।

यस अघिको कार्य समितिमा उपाध्यक्षयको जिम्मेवारी निर्वाह गरि सकेका नवनिर्वाचित अध्यक्ष कैलास श्रेष्ठले आफ्नो कार्यकालमा संस्था लागभग १ रोपनी श्रेत्रफला फैलिएको भवन मर्मत,रंग रोगन,सरसफाई र अन्य पूर्वघार विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा राजु खड्की,पूर्व अध्यक्ष राजेन्द्र पिया, सुबोध अधिकारी,विकास श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

अध्यक्ष दिनेश प्रधानको सभापतिव्व सम्पन्न भएको उक्त कार्यक्रमको संचालन संस्थाका सचिव विक्की गुरुङले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्