सल्युट गोर्खा अवदेखि चाउथेमा,भर्तिसम्वन्धी सम्पूर्ण तालिम आफ्नै क्याम्पमा

  • ख-
  • ख+


पाेखरा, ५ फागुन । पाेखराकाे रामबजारमा केन्द्रिय कार्यालय रहेर सञ्चालन हुँदै आएकाे सल्युट गोर्खा भर्ति तालिम केन्द्र अब आफ्नै क्याम्प चाउथेमा सरेकाे छ ।

सरस्वती पूजाकाे दिनदेखि अन्तराष्ट्रिय स्तरको तालिम मैदान सहित सुविधा सम्पन्न आफ्नै क्याम्प चाउथेमा सरेकाे तालिम केन्द्रमा अवदेखि सुविधा सम्पन्न छात्रावाससहित सम्पूर्ण तालिम तथा तयारी कक्षा आफ्नै क्याम्पभित्र सञ्चालन गर्सनेञ्चालक राहुल पाण्डेले जानकारी दिए ।

देशकै नमुना भर्ति तालिम केन्द्रका रुपमा विस्तार एवं व्यवस्थापन भईरहेको यस तालिम केन्द्रले गोर्खा भर्तिको मौका पारेर केहि व्यक्ति तथा तालिम केन्द्रहरुले गर्ने आर्थिक चलखेल, लेनदेन र दिईने झुटा आश्वासन विरुद्ध निरन्तर आवाज उठाउँदै आएको पाण्डेले बताए ।

सामाजिक उत्तरदायित्व वहन गर्दै यस तालिम केन्द्रले गरिव, जेहेन्दार एवं अनुशासित प्रशिक्षार्थीहरुलाई विशेष छुट एवं छात्रवृत्ति प्रदान गर्दै आएको सञ्चालिका प्रभा रंजित पाण्डेले बताईन् ।

सल्युट गाेर्खाले नि:शुल्क प्रि-मेडिकल चेक एवं आवश्यक परामर्श दिंदै आएको छ । साथै सल्युट गोर्खा एप डाउनलोड गरेर गोर्खा भर्ति सम्बन्धि किताव, सम्भावित प्रश्नपत्र तथा विभिन्न अनलाइन सेवाहरु नि:शुल्क उपयोग गर्न सकिने सञ्चालिका पाण्डेले जानकारी दिईन् ।

उनका अनुसार भर्ति हुनका लागि चाहिने आधारभूत आवश्यकताहरुका बारेमा फोन, सामाजिक सञ्जाल ( फेसबुक/युट्युब) मार्फत वा यस तालिम केन्द्रकाे कार्यालयमै उपस्थित भएर समेत जानकारी लिन सकिन्छ ।

सल्युट गाेर्खाले विगत १२ वर्षदेखि ब्रिटिश, सिंगापुर, इन्डियन आर्मी लगायत नेपाल आर्मी क्याडेट र अन्य गोर्खा भर्तिको सम्पूर्ण तालिम प्रदान गर्दै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्