सल्युट गोर्खाको थप तीन शाखा विस्तार

  • ख-
  • ख+


पाेखरा । देशकै अग्रणी भर्ति तालिम केन्द्रका रुपमा परिचित सल्युट गाेर्खा भर्ति तालिम केन्द्रले ललितपुर, चितवन र धरानमा शाखा विस्तार गरेकाे छ । विस्तार गरिएका शाखाहरु मंगलवारदेखि नै सञ्चालनमा आएका छन् । ‍

यी सँगै सल्युट गाेर्खाले देशका ७ जिल्लाबाट तालिम सञ्चालन गर्नेछ । यसअघि सल्युट गाेर्खाका काठमाण्डाैं, दाङ्ग र बुटवलमा शाखाहरु सञ्चालमा आईसकेका छन् ।

सल्युट गाेर्खाकाे केन्द्रीय कार्यालय कास्की जिल्लाकाे पाेखराकाे चाउथेमा रहेकाे छ ।

अहिले पनि सल्युट गाेर्खामा शारीरिक तालिमका साथै शैक्षिक एवं अन्तर्वार्ता तयारी कक्षा समेत सञ्चालन भईरहेको संचालक राहुल पाण्डेले जानकारी दिए ।

सल्युट गाेर्खाले विगत १२ वर्षदेखि ब्रिटिश, सिंगापुर, इन्डियन आर्मी लगायत नेपाल आर्मी क्याडेट र अन्य गोर्खा भर्तिको सम्पूर्ण तालिम प्रदान गर्दै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्