रोटरी क्लव अफ पोखरा अन्नपुर्णद्वारा मेघराज आधारभुत विद्यालयमा स्वास्थ्य सामाग्री हस्तान्तरण

  • ख-
  • ख+


पाेखरा ।
रोटरी क्लव अफ पोखरा अन्नपुर्णले माछापुच्छ्रे गाउँपालिका ३ घाचोक स्थित मेघराज आधारभुत विद्यालयमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

क्लवले वुधवार स्कुलमा एक कार्यक्रमको आयोजना गरी मास्क, सेनिटाइजर , थर्मल गन तथा खाजा व्यवस्थापन वापत नगद हस्तान्तरण गरेको हो ।

कार्यक्रमका संयोजक क्लवका प्रेशिडेन्ट इलेक्ट रामप्रसाद बस्ताकोटीले करिव ५० हजार रुपैयाँ बराबरको सहयोग सामाग्री हस्तान्तरण गरिएको जानकारी दिए ।

करिव १ सय २२ विद्यार्थी अध्ययनरत विद्यालयकाे व्यवस्थापन समितीका अध्यक्ष टेकबहादुर के.सीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्लवका अध्यक्ष प्रदिपभक्त आचार्य,पुर्व अध्यक्षहरु इश्वर कर्माचार्य, माधव सिग्देल, वावुराम बराल,सुरेश ध्वजु,क्लवका सदस्य चेतराम अधिकारी,विद्यालयका प्रधानाध्यापक विश्वमोहन पोख्रेल लगायतले रोटरी गतिविधी तथा विद्यालयसँगको सहकार्यका बारेमा चर्चा गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्