प्रलोभन देखाएर औषधी बिक्री गर्नेलाई कारवाही हुने

  • ख-
  • ख+

सुरज श्रेष्ठ,पोखरा । पछिल्लो समय फेसबुक लगायत सामाजिक संञ्जाल प्रचार प्रसार गर्ने गतिलो माध्यम बनेको छ ।

यसले उपभोक्तालाई बस्तु खरिदमा सहज बनाएको देखिन्छ । त्यसको सिको गर्दे औषधी ब्रिकी पनि अनलाईन मार्फत नै हुन थालेको छ ।

औषधी अन्य बस्तु खरिद गरे जस्तो होइन । यो निकै संवेदनसिल हो । बिरामी र स्वंयम स्वास्थ्यकर्मी पनि निकै सचेत हुन पर्छ ।

एकै किसिमको औषधी भए पनि बिरामीको रोग हेरेर खाने तरिकाहरु फरक हुन सक्छ ।
यसरी अनलाइन खरिद गरेर औषधीको सेवन गर्दा औषधीको गलत प्रयोग हुन सक्ने भएकोले पनि सरोकारवाला निकाय यसको नियन्त्रणमा लागेको देखिन्छ ।

औषधी घरै सम्म यति छुट सहित होम डेलिभरी गरिदिने भनि मोवाइल एप्स नै बनाएर प्रचार प्रसार गरेको पाइन्छ ।

अब भने यसरी औषधी बिक्री वितरण गर्ने जो कोहि कारवाहीको दायरामा आउने भएका छन् ।
मानिसको स्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने औषधी जथाभावी सेवन र गलत प्रयोगले मानिसको मृत्यु सम्म हुन सक्छ ।

यसरी बिक्री वितरण गर्दा मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएको कारण यस्ता कार्य नगर्न सार्वजनिक सुचना नै निकालेर संबन्धित निकायले तत्काल रोक्न निर्देशन दिएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय औषधी व्यवस्था विभागले सुचना नैै निकालेर यस्ता कार्य गर्नेलाई औषधी ऐन,२०३५ को बर्खिलाप हुने हुनाले प्रचलित कानुन अनुसार कारवाही हुने जनाएको छ ।

पोखराबाट संचालित भएका यस्ता गतिविधि औषधी व्यवस्था विभागले सुचना जारी गरे लगतै बन्द गराई सकेको नेपाल औषधी व्यवसाय संघ कास्की शाखाका अध्यक्ष विक्रम पन्तले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्