बिकनको ‘बिकन स्कलरसीप एण्ड एडमिसन डे’ भाेलि विहान ९ वजेदेखि

  • ख-
  • ख+

पोखरा । पोखराको सिद्धार्थचोकमा कार्यालय रहेको बिकन एजुकेशन एण्ड भिसा सर्भिसेजले विहिवार ‘बिकन स्कलरसीप एण्ड एडमिसन डे’ आयोजना गर्ने भएको छ । आफ्नो १२ औं स्थापना दिवसको अवसरमा बिकन एजुकेशन एण्ड भिसा सर्भिसेजले बैदेशिक शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी र तीनका अभिभावकहरुलाई लक्षित गर्दै यहि चैत ५ गते विहीबार सो कार्यक्रम गर्न लागेको हो ।

सिद्धार्थचोकस्थित बिकनको आफ्नै भवनमा हुने कार्यक्रम विहीबार विहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म जारी रहने संस्थाका कार्यकारी निर्देशक रुर्दप्रसाद अर्यालले जानकारी दिए ।

कार्यक्रममा बैदेशिक शिक्षाका लागि बिकनले विद्यार्थी पठाउने देशहरु अष्ट्रेलिया, न्यूजिल्याण्ड, युके र क्यानडाका विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुले बैदेशिक शिक्षाको महत्व, ती कलेजहरुमा अध्यापन हुने विषय, त्यसको भविष्यसँगै ती देशहरुमा जानका लागि हुने भिसा प्रक्रिया र अप्नाउनुपर्ने सतर्कता लगायतका विषयमा निःशुल्क परामर्श दिने कार्यकारी निर्देशक अर्यालले बताए ।

‘हामीले ५ देशका २० भन्दा बढी विश्वविद्यालयका आधिकारिक प्रतिनिधि ल्याएर परामर्श दिदैछौं’–उनले भने । उनले थपे, ‘यहि समयमा आउनु पर्छ भन्ने छैन, ९ बजेदेखि ५ बजेभित्र जुनसुकै समयमा पनि आएर परामर्श लिन सकिन्छ ।’

सो दिन विहान ९ बजेदेखि १ बजेसम्म भने २ वटा विशेष सेसन चल्ने अर्यालले जानकारी दिए । उनका अनुसार पहिलो सेसनमा सम्बन्धित विशेषज्ञले आयल्ट्समा कसरी धेरै भन्दा धेरै स्कोर ल्याउने भन्ने विषयमा टिप्स एण्ड ट्रिक्स सिकाउनेछन् । दोश्रो सेसन बैदेशिक शिक्षा सम्बन्धी सेसन हुनेछ ।

जसमा विषय विशेषज्ञले नोभल कोरोना भाइरस (कोभिड–१९) पछि बैदेशिक शिक्षाको अवस्था, ती देशमा रहेका विद्यार्थीहरुको अवस्था, कुन देशमा कस्ता विद्यार्थी जाँदा राम्रो, ती देशमा कसरी जाने ? त्यसका लागि गर्नुपर्ने भिसा प्रक्रियालगायतका बारेमा प्रष्ट्याउने उनले बताए ।

‘बिकन स्कलरसीप एण्ड एडमिसन डे’मा सहभागि हुने विद्यार्थी तथा अभिभावकहरुलाई बिकनले विशेष गिफ्टसमेत दिने जनाएको छ । तर त्यसका लागि शुरुमा आउनेलाई प्राथमिकता दिइने अर्यालले बताए । ‘हो हामी विभिन्न किसिमका आकर्षक गिफ्ट ह्याम्पर दिदैछौं तर शुरुमा आउने २ सय जनालाई मात्र’–उनले भने ।

वान अप इभेन्ट म्यानेजमेन्ट प्रालिको ब्यबस्थापनमा हुने ‘बिकन स्कलरसीप एण्ड एडमिसन डे’मा कक्षा १२ उत्तिर्ण वा त्यस भन्दा माथि अध्ययनरत विद्यार्थी, तीनका अभिभावकलगायत सहभागि हुनसक्ने अर्यालले जानकारी दिए । साथै कक्षा १२ मा अध्ययनरत विद्यार्थी तथा तीनका अभिभावकसमेत सहभागि हुँदा राम्रो हुने बताए ।

१२ वर्षदेखि बैदेशिक शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई परामर्श र भिसा दिलाउनका लागि कार्य गर्दै आएको बिकन एजुकेशन एण्ड भिसा सर्भिसेजले आफ्नो स्थापना दिवसको अवसरमा अन्य सामाजिक कार्यहरुपनि गर्ने तयारी गरिरहेको कार्यकारी निर्देशक अर्यालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्