वन क्षेत्रको दोश्रो चौमासिक गोष्ठी शुरु

  • ख-
  • ख+


पाेखरा । वन क्षेत्रको दोश्रो चौमासिक गोष्ठी लुम्ले कृषि अनुसन्धान तथा तालिम केन्द्रमा शुक्रवारदेखि शुरु भएकाे छ ।

गण्डकी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगतका वन निर्देशनालय, ताल विकास प्राधिकरण, ११ वटा डिभिजन वन कार्यालयहरु, २ वटा भू तथा जलाधार व्यवस्थापन कार्यालयहरु, वन अनुसन्धान तथा तालिम केन्द्र र पन्चासे वन संक्षण कार्यक्रमहरुको दोश्रो चौमासिक समिक्षा गोष्ठी शुरु भएकाे हाे ।

वन निर्देशनालयको आयोजनामा तिन दिनसम्म सन्चालन हुने गोष्ठीको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ्गले उद्घाटन गरे ।

वन निर्देशक केदार पौडेलको अध्यक्षतामा सञ्चालित उद्घाटन सत्रमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका माननिय मन्त्री विकास लम्साल, सोही मन्त्रालयका सचिव डा. महेश्वर ढकाल, प्रदेश नीति तथा योजना आयोगका सदस्य डा.विष्णु वराल, ताल प्राधिकरणको प्रमुख डा. अनुप गुरुङ्ग लयागत वन, जलाधार व्यवस्थापन कार्यालय, पर्यटन कार्यालयका कार्यालय प्रमुखहरुको उपस्थिती थियो ।

गोष्ठीले दोश्रो चौमासिक अवधिमा सञ्चालन भएका क्रियाकलापहरुको समिक्षा, देखिएका समस्या समाधानका उपायहरु र आगामी आर्थिक वर्षको योजना तर्जुमा गरिने सहभागी मध्यका डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार वरालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्