हाम्रो परिवर्तन नेपालद्वारा भ्रष्टाचारको विरोध गर्दै बजार परिक्रमा

  • ख-
  • ख+

पोखरा । हाम्रो परिवर्तन नेपाल पाेखराले भ्रष्टाचारको विरोध गर्दै बजार परिक्रमा गरेको छ ।

बजार परिक्रमका सहभागिहरुले”भ्रष्टाचार हटाऔं, देशलाई बचाऔं” र “भ्रष्टाचारीको बिरोध गरौं”, “परिवर्तन नेपालको मुलभुत आधार नै भ्रष्टाचारको अन्त्य हो” , “भ्रष्टाचार र भ्रष्टाचारीलाई बाइ बाइ सन्तुलन नेपाल हाइ हाइ”, “देशको सम्मान गर्नु नै भ्रष्टाचारीको अन्त्य गर्नु हो”, लगायतका नारा लेखेको प्ले कार्ड बाेकेका थिए ।

हाम्रो परिवर्तन नेपालका संयोजक डाक्टर ढाका कुुमार श्रेष्ठले अव नेपालीले भ्रष्टाचारको विरुद्धमा संस्थाको कदम शुरु भएको बताए ।

श्रेष्ठले भने-“अब युवाहरु जागरुक हुने बेला अाएकाे छ ।जनतालाई सचेत गराउन र नेताहरुलाई खवरदारी गर्न यस्ता खालका कार्यलाई अागामी दिनमा पनि निरन्तरता दिनेछाैं । साथै भ्रष्टाचार गरेकाे र अन्यायमा परेकाे ठाउँमा सरकारबाट नै कारवाहीकाे लागि माग गर्नेछाै। “

उनले देशकाे विकास र परिवर्तनकाे लागि अाफूले सक्दाे सहयाेग गर्ने बताए । साथै गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्ने, वेराेजगारीलाई राेजगार सिर्जना गर्ने तथा गाँसबाँस र कपासकाे अभाव खेपेका नागरिकहरुकाे सभाव्यता अध्ययन गरि विकासकाे याेजना लियर सरकारलाई सहयाेग गर्ने उनकाे भनाई छ ।

बजार परिक्रममा कार्यक्रम भ्रष्टाचार विरुद्ध लेखिएको टिर्सट लगाएर पोखरा मानवअधिकार चोकबाट पोखरा न्युरोड, सभागृह, पृथ्वीचोक नयाँबजार, महेन्द्रपुल हुुँदै मानवअधिकार चोकमा गएर सकिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्