बागलुङ समाज पोखराको साधारणसभा

  • ख-
  • ख+

पाेखरा । बागलुङ समाज पोखराको २० औं वार्षिक साधारणसभा शनिबार भएको छ । सभाले सचिव नरेस सुवेदीको प्रगति प्रतिवेदन र कोषाध्यक्ष ठाकुर सापकोटाको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

कार्यक्रममा प्रदेश सांसद कृष्ण थापाले एकता र सहकार्य नै मानव सभ्यताको माध्यम भएको बताए । बागलुङ समाजले पोखरामा रहेका बागलुङेहरुको हित र बागलुङको प्रवद्र्धनमा उल्लेखनीय काम गरेको उनले बताए । अर्का प्रदेश सांसद चन्द्रबहादुर बुढा सागरले मानिस सामाजिक प्राणी भएकाले समाजिक उत्तरदायित्व र हितमा लाग्दै अघि बढ्नुपर्ने बताए ।

समाजका अध्यक्ष सुनिल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विष्णु श्रेष्ठ, कुलचन्द्र शर्मा, अमृतलाल श्रेष्ठ, डिल्ली शर्मा, बेलुकाजी थापा, नरेश सुवेदी लगायतले बोलेका थिए ।

अध्यक्ष पाण्डेले समाजका सदस्य र अन्य बिरामीका लागि पनि अत्यावश्यक सेवा एम्बुलेन्स सञ्चालन गर्ने योजनामा संस्था रहेको जानकारी दिए । उनले भने, ‘सामाजिक उत्तरदायित्व बहन गर्दै हामी एम्बुलेन्स सञ्चालन गर्ने योजनामा छौं । सबै बागलुङे र शुभेच्छुकलाई यसका लागि सहयोग गर्न आग्रह गर्दछु ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्