मिसा पुचःशितलादेविको अध्यक्षमा गंगा देवि

  • ख-
  • ख+


पोखरा । मिसा पुच शितलादेविको अध्यक्षमा गंगा देवि तझ्या श्रेष्ठ सर्वसम्मत चयन भएकी छिन ।

आइतबार सम्पन्न सातौ साधारण सभा एवं तेस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा श्रेष्ठलाई अगामी ३ वर्षको लागि अध्यक्षमा चयन गरेको हो ।

उपाध्यक्षमा दूर्गा लिगल श्रेष्ठ,सचिव सविता श्रेष्ठ,कोषाध्यक्ष शुसिला श्रेष्ठ ,सह सचिव मिरा श्रेष्ठ चयन भएकी छिन ।

सदस्यहरुमा सरिता रञ्जित,भुवन लाभाजू,निरन्जन थैव श्रेष्ठ,लिला श्रेष्ठ (क),लिला श्रेष्ठ(ख),विद्या श्रेष्ठ,तृष्ण पालिखे,उर्मिला श्रेष्ठ,सबिता बर्जाचार्य,सरिता बर्जाचार्य,मिरा तझ्या र स्वेता श्रेष्ठ चयन भएकी छिन् ।

प्रमुख अतिथि नेवा छे कास्कीका अध्यक्ष अशोक पालिखेले संस्कृतिको जर्गेनामा सबै जातजाति लाग्नु पर्ने बताएका थिए ।

विशेष अतिथि पोखरा १२ का अध्यक्ष राम बहादुर कार्कीले नेपालको कला संस्कृतिमा नेवार जातिको महत्वपूर्ण भूमिका रहेको बताउदै आवश्यक पर्ने सहयोग व्यातिmगत र संस्थागत गर्ने बताए । त्यस्तै अर्का विशेष अतिथि मिसा पुचःकास्कीका अक्ष्यक्ष मेनुका श्रेष्ठले शितलादेवि मिसा पुचःले छोटो समयमा नै यति धेरै व्याक्तिmहरु संगठित भएकोमा प्रशंसा गर्दे आवश्यक पर्ने हरेक सहयोग गर्ने बताइन ।


निर्मला श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा बराल तमु समाजका अध्यक्ष जुम प्रसाद गुरुङ,कास्की जिल्ला अदालतका माननिय न्याधिश आनन्द श्रेष्ठ,नेवा मिस पुचःपोखरा १३ का सोनी ढेवाजु,संस्थापक अध्यक्ष माया तझ्या,तिर्थ लाल श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

कचा खलःशितलादेविका अध्यक्ष शान्ता कुमार श्रेष्ठले धन्यवाद र कार्यक्रम संचालन मिसा पुचःशितलादेविका सचिव दूर्गा लिगल श्रेष्ठले गरेकी थिईन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्