पोखरा । प्रेस सेन्टर नेपालको पोखरा महानगरपालिका कमिटीको अध्यक्षमा हुम बहादुर गुरुङ निर्वाचित भएका छन । प्रेस सेन्टरको पोखरामा भएको दोस्रो अधिबेशनमा गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
समितिको प्रथम उपाध्यक्षमा सपना रसाईली, द्धितिय उपाध्यक्षमा शिब थापा, सचिवमा प्रकाश अधिकारी कोषाध्यक्षमा सरिता तामाङ्ग र सहसचिवमा दिलिप भण्डारी निर्वाचित भए । त्यसैगरि सदस्यहरुमा गिता तिवारी, एलिशा थापा रवि भण्डारी, दक्ष गुरुङ चयन भएको बताइएको छ ।
अधिवेशनको उदघाटन सत्रमा नेकपा माओबादी केन्द्रका नेता बिस्व प्रकाश लामिछानेले पत्रकारीताका माध्यम बाट समाजबाद स्थापनाका लागि सहयोग गर्न आग्रह गरे ।
अव नेपालमा विधिको सासन, भ्रष्टचार तथा अनियमितता नियन्त्रणमा पत्रकारले थप मेहनत गर्न आबस्यक रहेको उनको भनाई थियो । कार्यक्रममा अध्यक्ष शिवराज बस्ताकोटीले संगठनले गरेका गतिबिधीका बारेमा जानकारी दिए ।
प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव माधव पनेरुले देशभर पाँच हजार भन्दा बढी प्रेस सेन्टरका सदस्य रहेको र पछिल्लो अबस्थाले प्रेस सेन्टर श्रमजिवि पत्रकारहरुको अग्रणी र महत्वपुर्ण संगठन भएको पुष्टी भएको उल्लेख गरे ।
शहिदको रगतले र्सिजित संगठनको बिरासत र गौरव जोगाउन प्रेस सेन्टरका सबै सदस्यहरुको भुमिका बराबर रहेको उनको भनाई थियो ।
नेकपा माओबादी केन्द्रका पोखरा महानगर समितिका सचिव जनकराज पराजुलीले दल र राजनितिले गलत ट्रायाक लिन खोजे पत्रकारले खबरदारी गर्न आबश्यक रहेको बताए ।
कार्यक्रममा प्रेस सेन्टर गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डेले शशक्त रुपमा पत्रकारीतामा कृयाशिल भैरहन आग्रह गरे । नवनिर्वाचित कमिटीलाई कास्की जिल्ला ईन्चार्ज सन्देश श्रेष्ठले बधाई तथा शुभकामना दिए ।











