कास्कीमा मंगलवारदेखि निशेधाज्ञा

  • ख-
  • ख+

पोखरा । जिल्लामा दोस्रो लहरको कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आईतवार साँझ सूचना जारी गर्दै कास्की जिल्ला भर बैशाख २१ गते मंगलबार बिहान ६ बजदेखि ३१ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा गरिएको उल्लेख गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा अत्यावश्यक सेवा तथा वस्तु बाहेक अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालनमा रोक लगाइएको छ ।

जिल्लाभित्र एक सातादेखि जोरबिजोर प्रणाली लागू गरिएकोमा त्यसलाई रोकी सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक गाडी सञ्चालनमा समेत रोक लगाइएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

सूचना हेर्नुहाेस् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्