
तस्विर:- जिल्ला प्रशासन कार्यालय स्याङ्जाकाे वेभसाइडबाट
स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले स्याङजा जिल्लाभर निशेधाज्ञा (लकडाउन) काे घाेषणाा गरेकाे छ ।
जिल्ला भर दोस्रो लहरको कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सूचना जारी गर्दै बैशाख २१ गते मंगलबार बिहान ६ बजेदेखि बैशाख ३१ गते राति १२ बजे सम्मका लागि निशेधाज्ञा गरिएकाे उल्लेख गरेका छन् ।
यसअघि वालिङ, चापाकोट र गल्याङ् नगरपालिकाले उच्च सर्तकर्ता अपनाउदै एक साताका लागि अत्यआवश्यक बाहेक सबै बन्द गर्ने निर्णय गरेका थिए ।
११ पालिका मध्ये सबैभन्दा बढी कोरोना संक्रमण वालिङ नगरपालिकामा देखिएको छ ।
२ सय संक्रमित पुगेपछि जिल्ला लकडाउन गर्न नेपाल सरकारबाट निर्देशन भए बमोजिम जिल्लामा अाईतवार मात्रै सक्रिय संक्रमितको संख्या दुई सय १२ पुगेको छ ।
