आँधीखाेला गाउँपालिकाले पिसिआर परिक्षणकाे लागि शनिवार स्वाव संकलन गर्ने

  • ख-
  • ख+

आँधीखाेला । स्याङजा जिल्लाकाे आँधीखाेला गाउँपालिकाले काेभिड १९ काे संक्रमित व्यक्तिकाे सम्पर्कमा आएका व्यक्ति, भारत लगायत तेस्राे मुलुक तथा अन्य जाेखिमयुक्त क्षेत्रबाट आएकाे व्यक्तिकाे पिसिआर परिक्षणकाे लागि स्वाव संकलन गर्ने भएकाे छ ।

स्वाव संकलन कार्यक्रम आँधीखाेला गाउँपालिकाकाे काेभिड १९ अस्थायी अस्पताल आँधीखाेला ५ सेतिदाेभानमा भाेलि शनिवार दिउँसाे १२ वजेदेखि शुरु हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख निराजन लामिछानेले सिटिपाेखरा डट कमलाई जानकारी दिए ।

अहिले विश्वव्यापी रुपमा फैलिएकाे काेभिड १९ काे दाेस्राे भेरियन्टबाट आँधीखाेला गाउँपालिकाका व्यक्तिहरु पनि संक्रमित भएपछि स्थानियवासीकाे स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै नि:शुल्क स्वाव संकलन गर्ने कार्यक्रम राखिएकाे स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताए ।

यस बाहेक १००.४ डि.ग्री. फरेनहाइड भन्दा माथि ज्वराे आउने, सास फेर्न गाह्राे हुने तथा खाेकी लागिरहेका व्यक्तिले पनि प्राथमिकताकाे आधारमा काेभिड १९ परिक्षणकाे लागि स्वाव दिन सक्ने लामिछानेकाे भनाई छ ।

पालिकामा हालसम्म सक्रिय संक्रमितकाे संख्या ९ रहेकाे छ जसमध्ये ३ जना हाेम आईसाेलेशन र ६ जना काेभिड १९ अस्थायी अस्पतालकाे आईसाेलेशनमा रहेका छन् ।

आँधीखाेला गाउँपालिकाकाे वडा नम्वर ५ सेतिदाेभानमा रहेकाे आँधीखाेला सामूदायिक अस्पताललाई पालिकाले हालै काेभिड १९ अस्थायी अस्पतालकाे रुपमा सञ्चालन गर्ने निर्णय गरेकाे हाे ।

यसअघि आँधीखोला गाउँपालिकाले काेभिड १९ नियन्त्रणका लागि आफ्ना सबै वडाहरुमा कोभिड–१९ निगरानी समूह समेत गठन गरेकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्