आँधीखाेला गाउँपालिकाद्वारा अस्थायी काेभिड अस्पताल सन्चालन,यस्ता छन् सुविधा

  • ख-
  • ख+

तारा पाैडेल/ आँधीखाेला, स्याङजा ।

जिल्लाकाे आँधीखाेला गाउँपालिकाले अस्थायी काेभिड १९ अस्पताल सन्चालन गरेकाे छ । पालिकाले अस्पतालमा ५ वटा अक्सिजन सिलिण्डरसहित १५ वटा आईसाेलेशन वेड तयार गरेकाे छ । साथै क्वारेन्टाईन वेड ३० वटा रहेकाे पालिकाले जनाएकाे छ ।

विश्वव्यापी रुपमा फैलिएकाे काेभिड १९ काे दाेस्राे भेरियन्टले अछुताे नरेहकाे पालिकाले कोरोना संक्रमणलाई फैलिन नदिन र सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले कोभिड अस्पताल सञ्चालनमा ल्याएकाे हाे । पालिकाले आफ्नै दुई वटा एम्वुलेन्समार्फत सेवा समेत दिनेछ ।

पालिकाकाे वडा नम्वर ५ सेतिदाेभानमा रहेकाे आँधीखाेला सामुदायिक अस्पताललाई काेभिड १९ अस्थायी अस्पतालकाे रुपमा सञ्चालन गरी काेराेना संक्रमितकाे उपचार तथा नियन्त्रणका लागि आवश्यक तयारी गरिएकाे पालिकाका स्वास्थ्य शाखा प्रमुख निराजन लामिछानेले जानकारी दिए ।

तस्विर : शिव लामिछाने

उनका अनुसार काेभिड १९ संक्रमित विरामीहरुका लागि उपलव्ध ओेेैषधीहरु नि:शुल्क रुपमा अस्पतालमै दिईनेछ । साथै अस्पतालमा ताताे तथा चिसाे पानी समेत उपलव्ध छ ।

भारत लगायत तेस्राे मुलुकबाट आउने तथा संक्रमित क्षेत्रबाट शआउने व्यक्तिहरु अनिवार्य रुपमा क्वारेन्टाईनमा बस्नुपर्नेछ, जसकाे खर्च पालिकाले वेहाेर्नेछ । साथै काेभिड १९ काे पिसिआर परिक्षण गरि नेगेटिभ रिर्पाेट आएपछि मात्र घर पठाउने नियम रहेकाे लामिछानेले बताए । तर, सकेसम्म अस्पतालमा भिडभाड हुन नदिन हाेम क्वारेन्टाईनमा बस्नकाे लागि पालिकाले अनुराेध समेत गरेकाे छ ।

पालिकाले नियमित औषधी सेवन गर्नुपर्ने दिर्घरोगीहरुलाई निषेधाज्ञाका कारण औषधी ल्याउन समस्या हुने भएकोले आवश्यक औषधी समेत ल्याउने ब्यवस्था समेत मिलाएको छ ।

यसै गरि पिसिआर परिक्षण गरि नेगेटिभ आएका र बाह्य क्षेत्रबाट आएका व्यक्तिहरु पिसिआर परिक्षण गरेकाे तीन दिन भित्रमा घरमा आईपुगेमा हाेम क्वारेन्टाईनमा अनिवार्य बस्नुपर्ने निर्णय पालिकाले गरेकाे छ ।

जसकाे निगरानी गर्न पालिकाले निगरानी समूह समेत गठन गरेकाे छ । निगरानी समुहले पालिकाभित्र बाहिरबाट आउनेहरुको अनुगमन गर्ने, उनिहरुलाई क्वारिन्टिन व्यवस्थापनको लागि सहजिकरण गर्ने, स्थानिय स्तरमा देखिएका सम्भावित संक्रमितको परिक्षण र उपचारमा सहजिकरण गर्नेछ ।

पालिकामा मंगलवारसम्म सक्रिय संक्रमितकाे संख्या २३ रहेकाे छ जसमध्ये ६ जना हाेम आईसाेलेशन र १७ जना काेभिड १९ अस्थायी अस्पतालकाे आईसाेलेशनमा रहेका छन् । मंगलवार संकलन गरीएकाे ५८ जनाकाे स्वाव परिक्षण हुन वाँकी रहेकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्