सहिद सप्ताहको अवसरमा जनयुद्धका सहिद तथा वेपत्ता परिवारलाई पोखरामा सम्मान

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरामा जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको छ ।सहिद सप्ताहको अवसर पारेर नेकपा ९माओवादी केन्द्र० पोखरा महानगर कमिटिले सहिद तथा बेपत्ताका परिवार सम्मान गरेको हो ।

कार्यक्रममा पोखरा महानगरबाट सहिद भएका परिवार तथा बेपत्ताका परिवारहरूलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेकपा ९माओवादी केन्द्र० कास्कीका इन्चार्ज नेत्रनाथ अधिकारी, विषेश अथिति लेखा समिती सदस्य झलकपाणी तिवारी, केन्द्रीय सदस्य राजकाजि गुरुङ लगायतले परिवारजनलाई सम्मान गरेका थिए ।

कार्यक्रमका बत्ताले सहिदहरूको योगदानले आजको लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको चर्चा गरे ।सहिदको सपना पूरा गर्न समाजवादको आधार निर्माण गर्ने योजनाका साथ अघि बढ्नुपर्नेमा नेताहरुको जोड थियो ।प्रमुख अतिथि अधिकारीले सहिदहरूको योगदानले आजको लोकतान्त्रिक गणतन्त्र सम्भव भएको उल्लेख गरे ।

‘सहिदको सपना पूरा गर्न समाजवादको आधार निर्माण गर्ने योजनाका साथ अघि बढ्नुपर्छ । यो सम्मान कार्यक्रम केवल औपचारिकता होइन, यो बलिदानप्रति हाम्रो नमन र संकल्पको प्रतिक हो।’सहिद परिवारको तर्फबाट बोल्दै अनिता भुर्तेलले सहिद परीवारलाई बर्षमा एक चोटी मात्रै हैन पार्टी नै परिवार बन्नुपर्ने भनाई राखेकी थिइन् ।

सहिदका सपना साकार पार्न सरकार र पार्टी नेतृत्वले अझ जिम्मेवार बन्नुपर्ने उनले बताइन् ।महानगर कमिटी अध्यक्ष विज्ञान गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महानगर कमिटीका सचिव जनक पराजुलीले गरेका थिए । पोखरा महानगर पालिका लगाएत विभिन्न ठाउ बाट पोखरा आएर बसोबास गरीरहेका ४२ सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरीएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्