पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थललाई ८ अर्ब ५० करोड रुपैयाँ विनियोजन

  • ख-
  • ख+

पाेखरा । सरकारले आगामी आर्थिक वर्षमा पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको निर्माण गर्न ८ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेकाे छ ।

अर्थमन्त्री विष्णु पौडेलका अनुसार चार अन्तराष्ट्रिय विमानस्थल तथा अन्य आन्तरिक विमानस्थल निर्माण गर्न कुल २० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन भएकाे हाे ।

जसमध्ये सबैभन्दा बढी बजेट पोखरा विमानस्थलले प्राप्त गरेको छ।

त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन, ट्याक्सी वे विस्तार गर्न, टर्मिनल भवन बनाउन ६ अर्ब ९५ करोड विनियोजन भएको छ ।

भैरहवास्थित गौतमबुद्ध विमानस्थलको थप काम र दोसो टर्मिनल बनाउन ३ अर्ब ५३ करोड विनियोजन भएको छ ।

यस्तै सरकारले आन्तरिक विमानस्थलहरुको पूर्वाधार निर्माणमा १ अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्