पोखरा । लेखनाथ सामुदायिक महिला समूहको आयोजना एवं पोखरा महानगरपालिका वडानं २७को आर्थिक सहयोगमा सञ्चालित आठ दिवसीय उद्घोषण तालिम सम्पन्न भएको छ ।
फाल्गुण १९ गते देखि सुरु भएको तालिमको समापन सोमबार भएको हो। तालिम समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडानं २७का वडा सदस्य बुद्धिमाया थापा मगरले महिलाहरूको व्यक्तित्व विकास, आत्मविश्वास
वृद्धिको लागि यस्तो तालिम महत्त्वपूर्ण हुने बताउनु भयो । उहाँले सिकेको सिप व्यवहारमा उर्तान आग्रह गर्नुभयो । तालिमका प्रशिक्षक एवं पोखरा टेलिभिजनका समाचार प्रमुख घनश्याम पाण्डेले सहभागीहरूलाई उद्घोषण कलासँगै आत्मविश्वास गर्ने विभिन्न विषयमा प्रशिक्षण गराएकोले सहभागीहरूले राम्रो सँग सिकेको बताउनु भयो।
प्रशिक्षक पाण्डेयले सहभागीहरूलाई भने जति गर्न नसके पनि आफूले सके जति प्रयास गर्न आग्रह गर्नुभयो। तालिममा सहभागी प्रेम पौडेल, पवित्रा कुमाल, सविता केसी लगायतले तालिममा आफूहरूले नयाँ सिप सिक्न पाएको भन्दै अव आफ्ना टोल विकास र आमा समूहको कार्यक्रम निर्धक्क सँग चलाउन सक्ने भएको बताउनु भयो।
समाज सेवी बलराम देवकोटाले तालिम भव्यरुपमा सम्पन्न भएको तालिममा सहभागीले कार्यक्रम सञ्चालन गरेको सहभागीहरू बोलेको बाट थाहा भएको बताउनु भयो । अर्का समाजसेवी गोविन्द वाग्लेले तालिम प्रशिक्षकको प्रभावकारी सिकाई र सहभागीहरूको चासोको कारण सोचे भन्दा राम्रो भएको बताउनु भयो ।
आयोजक संस्था लेखनाथ सामुदायिक महिला समूहका अध्यक्ष विष्णुकुमारी खत्रीले टोलमा विभिन्न कार्यक्रमका बिच पनि अलेख्य सहभागिता रहेको भन्दै धन्यवाद दिनु भयो । आगामी दिनमा पनि कार्यक्रम ल्याउन पहल गर्ने उहाँको भनाई थियो ।
विष्णुकुमारी खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तालिममा सहभागी विन्दु भट्टराईले गर्नुभएको थियो। आठ दिन अगाडि तालिमको उद्घाटन पोखरा महानगरपालिका वडा न २७का वडाध्यक्ष पूर्ण कुमार गुरुङले गर्नुभएको थियो। तालिममा विभिन्न आमा समूह, टोल विकास संस्थाका २५ जना महिलाहरूको सहभागिता रहेको थियो ।











