देवीस्थान सेवा समाज,हेमजाको अध्यक्षमा कृष्णमान श्रेष्ठ सर्वसम्मत

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

हेमजा । देवीस्थान सेवा समाज पोखरा–२५,हेमजाकाे अध्यक्षमा कृष्णमान श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।शनिवार सम्पन्न समाजकाे आठौँ साधारण सभा तथा चौंथो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे ।

जसअनुसार समाजको उपाध्यक्षमा चन्द्रकला पोख्रेल, सचिवमा पुष्पराज तिम्सिना, कोषाध्यक्षमा मोहन भण्डारी, सह–सचिवमा अंजिता भण्डारी तिम्सिना, सदस्यमा निराजन अधिकारी, प्रशान्त खडका, उमा भुर्तेल पौडेल, जमुना तिम्सिना, सुभाष कुवँर र मधु कुमारी दाहाल चयन भएका छन् ।

समाजसेवी भीम प्रसाद श्रेष्ठकाे संयाेजकत्वमा भएकाे निवार्चन कमिटीमा दानबहादुर भुजेल र भगवती बजगाईले सहजीकरण गरेका थिए ।

कार्यक्रममा समाजका नवनिर्वाचित अध्यक्ष कृष्णमान श्रेष्ठले समाजले गर्दै आएका सामाजिक कार्यहरु स्मरण गर्दै आगामी दिनमा हेमजालाई आवश्यक पर्ने थप कार्यक्रमहरु गर्नकाे लागि सधैं लागिरहने प्रतिवद्वता जनाए ।

उनले हेमजामा धार्मिक पर्यटक भित्र्याउनकाे लागि विष्णुपादुका मन्दिर (माईस्थान मन्दिर) हेमजाकाे सानकाे रुपमा रहेकाे बताए । यस शक्तिपिठकाे प्रवर्द्वन र प्रचारकाे लागि सबैकाे साथकाे आवश्यकता रहेकाे उनकाे भनाई छ ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले समाजले धान राेप्ने परम्पराकाे संरक्षण र नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले गर्दै आएकाे हिले महाेत्सवलाई थप व्यवस्थित र परस्कृत रुपले निरन्तरता दिने बताए ।

यसअघि कार्यक्रमकाे उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा न.२५ का वडा सदस्य एवं कार्यवाहक अध्यक्ष तारा वि.क ले देवीस्थान सेवा समाजले हेमजा हिले महोत्सव लगायत अन्य विभिन्न कार्यक्रमको मध्यमबाट कला, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा महात्वपुर्ण भुमिका खेलेको बताइन् ।

कार्यक्रममा संस्थापक अध्यक्ष विष्णु प्रसाद तिम्सिना, विष्णुपादुका क्लब हेमजाका अध्यक्ष वसन्त कुमार श्रेष्ठ, हेमजा युनाइटेडका अध्यक्ष राजेश त्रिपाठी, महिला सञ्जाल हेमजाकी अध्यक्ष अप्सरा तिम्सिना, विष्णुपादुका माइथान गुठी व्यवस्थापन समिति अध्यक्ष चूडामणि तिम्सिना,समाजसेवी दान बहादुर भुजेल, महादेव अधिकारी, लगायतले समाजले गरेका कार्यकाे प्रशंसा गरेका थिए ।

कार्यक्रममा समाजका सचिव विष्णु भण्डारीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष चन्द्रकला पोखरेलले संस्थागत एवं चौंथो हिले महोत्सव २०८१ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समाजका अध्यक्ष गुरु हरिशरण पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सह–सचिव अंजिता तिम्सिनाले र सञ्चालन सचिव विष्णु भण्डारीले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्