
पोखरा । तेस्रो विश्व अपाङ्गता शिखर सम्मेलनमा भाग लिन दृष्टिविहिन शिक्षक तथा कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटा जर्मनी प्रस्थान गरेका छन्।
जर्मन सरकार र जोर्डन सरकारको संयुक्त आयोजनामा अप्रिल २ र ३ तारिखमा जर्मनीको बर्लिनमा हुने सो सम्मेलनमा सहभागी हुन सापकोटा सोमवार बिहान नेपालबाट प्रस्थान गरेका हुन्।
सम्मेलनअन्तर्गत अप्रिल १ तारिखमा ‘शिभिल सोसाइटी फोरम’ तथा २ र ३ तारिखमा ‘ग्लोबल डिसएबिलिटी समिट’ (जीडिएस) आयोजना हुनेछ, जसमा शिक्षा सम्बन्धी विभिन्न साइडी इभेन्टहरू पनि समावेश छन्।
श्रीकान्त सापकोटा संस्कृत मावि, पोखरा–१ बगरका मावि तहका स्थायी अंग्रेजी शिक्षक हुन्। सन् २००९ (वि.सं. २०६६) देखि शिक्षण पेशामा आबद्ध उनी हाल पृथ्वीनारायण क्याम्पसमा पनि अध्यापन गराउँदै आएका छन्।
अपाङ्गता र सञ्चार क्षेत्रमा समेत २५ वर्षभन्दा बढी योगदान पुर्याएका सापकोटा सम्मेलनपछि अप्रिल ५ तारिखमा नेपाल फर्कनेछन्।