एसईईको परीक्षा आन्तरिक मुल्यांकनबाट गर्न प्रस्ताव

  • ख-
  • ख+

काठमाडौं । सरकारले यसपटक पनि माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षा भौतिक रुपमा नलिई आन्तरिक मूल्यांकनबाटै नतिजा निकाल्ने तयारी गरेको छ।

कोरोना भाइरस संक्रमणका कारण जारी निषेधाज्ञा लम्बिएपछि शिक्षा मन्त्रालयले एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गराउन मन्त्रिपरिषदमा प्रस्ताव गरेको छ।

आज बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको एक अधिकारीले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्