
पोखरा । गण्डकी प्रदेश स्तरीय सुरक्षा गाेष्ठी शुक्रबारदेखि पाेखरामा शुरु भएकाे छ ।
गाेष्ठीकाे उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले संविधान र लोकतन्त्रको रक्षा गर्नु मुख्य जिम्मेवारी भएको बताए। उनले संविधान विरोधी गतिविधिलाई रोक्ने र सहमति मार्फत संविधान संशोधन गरेर संघीय लोकतन्त्रलाई बलियो बनाउने प्रतिबद्धता जनाए। साथै, उनले शान्ति सुरक्षा, कानुन व्यवस्था, साइबर अपराध नियन्त्रण र सार्वजनिक सम्पत्तिको संरक्षणमा जोड दिए।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा शान्ति सुरक्षा राम्रो रहेको र कुनै सशस्त्र संघर्ष नभएको बताए। उनले लागूऔषध दुरुपयोग र सामाजिक सञ्जालबाट फैलिने नकारात्मक कुरालाई चुनौतीको रूपमा उल्लेख गरे। आत्महत्याको दर बढेकोमा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री पाण्डेले सहकारी घोटाला जस्ता घटनालाई नियन्त्रण गरेको जिकिर गरे ।
उनले प्रदेश प्रहरी ऐन २०७७ बने पनि प्रहरी समायोजनमा संघ सरकारको सहयोग नपाएको उनले गुनासो गरे। तीन तहका सरकारबीच सहकार्य जरुरी रहेको र एकअर्कालाई दोष लगाउनु राम्रो नभएको उनको भनाई छ। विपद् उनले व्यवस्थापनका लागि प्रदेशमा १० करोड र जिल्लामा १० लाखको कोष रहेको जानकारी दिए ।
मुख्यमन्त्री तथा मन्तिपरिषदकाे कार्यालय गण्डकी प्रदेश र नेपाल सरकारको गृह मन्त्रालयकाे संयूक्त आयाेजनामा शुुरु भएकाे गोष्ठीमा पहिचान, भाषिक समावेशिता, सुरक्षा चुनौती, विपद् व्यवस्थापन र प्रशासनिक सुधार जस्ता विषयमा छलफल भएकाे छ।