नेपाल पत्रकार महासंघ कास्कीमा मल्टिमिडिया पत्रकारिता तालिम सुरु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
नेपाल पात्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने मल्टिमिडिया पत्रकारिता तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालले समाजलाई सचेत, सुशुचित र सक्रिय गराउने काम पत्रकारिताको भएको बताए । पत्रकारलाई गतिशिल बनाउन मदत गर्ने उनको भनाइ थियो ।

नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष कृष्ण प्रसाद वास्तोलाले हाल संचार क्षेत्रमा आर्थिक मन्दिको अवस्था रहेको बताउदै पत्रकारिता क्षेत्रमा आकर्षण बढाउन र प्रविधिको प्रयोग गर्दै यस क्षेत्रलाई परिस्कृत तबरले आगाडी बढाउन तालिम प्रभावकारी हुने बताए ।

नेपाल खोजमुलक मल्टिमिडिया पत्रकारिता संजालको प्राविधिक सहयोगमा संचालित तालिमका प्रमुख प्रशिक्षक संजालका संस्थापक रननीश भण्डारी रहेका छन् ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष माधव रेग्मी र संचालन सचिव भुपाल गुरुङले गरेका थिए ।
तीन दिन सम्म संचालन हुने तालिममा विभिन्न संचारमाध्यममा आवद्व ६० जना पत्रकार एंवम संचारकर्मीको सहभागिता रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्