पाँचौं हेमजा हिले महोत्सवकाे तयारी तीव्र

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

हेमजा । पाँचौं हेमजा हिले महोत्सवकाे तयारी तिव्र पारिएकाे छ । कृषिमा कृषकलाई प्रोत्साहन, विष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका हुने महाेत्सवलाई देवीस्थान सेवा समाज यस वर्ष पनि निरन्तरता दिएकाे हाे ।

महोत्सव विष्णुपादुका टाेल,विष्णुपादुका मन्दिर परिसर क्षेत्र पोखरा २५ हेमजामा यहि असार १५ गते हुनेछ ।

महाेत्सवलाई सफल बनाउनका लागि समाजका उपाध्यक्ष चन्द्रकला पोखरेलको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरिएकाे छ ।

महोत्सव नजिकिदै गर्दा आयोजकले शनिवार महोत्सव स्थल (विष्णुपादुका मन्दिर) वरपर सरसफाई कार्यक्रमकाे आयाेजना गरेको छ ।

विष्णुपादुका धार्मिक क्षेत्रको प्रवर्द्धन गर्न, आन्तरिक र बाह्य पर्यटनको आगमन बढाउन, हेमजाका कृषकहरूको सम्मान र युवाहरूलाई कृषिमा प्रोत्साहनका गर्नका लागि हेमजा हिले महोत्सवलाई निरन्तरता दिएको समाजका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।

समाजका निवर्तमान अध्यक्ष गुरु हरिशरण पौडेलले महाेत्सवले विन्दवासिनीकी बहिनीका रुपमा मानिदै आएको विष्णुपादुका भगवतीको महिमा बढ्नुका साथै हेमजाका कृषकहरुलाई कृषिमा प्रोत्साहन बढाउने आफुहरुकाे विश्वास रहेकाे बताए ।

महोत्सवको आकर्षणमा पुरुष तथा महिला रस्साकस्सी, पुरुष तथा महिला हिले दौड, घैटो फुटाउने , हिलोमा माछा समात्ने, धान रोप्ने, म्युजिकल बेलुन, हिले नाँच, हल गोरु दौड लगायतका प्रतियोगिता रहेको महोत्सव मुल आयोजक समितिका संयोजक चन्द्रकला पोखरेलले जानकारी दिइन ।

प्रतियोगितामा खेलअनुसार प्रथम र द्धितिय स्थान हासिल गर्ने सहभागि व्यक्ति / टिमलाई पुरस्कारको व्यवस्था गरेको आयोजकले प्रतियोगितालाई सभ्य, व्यवस्थित र मर्यादित बनाउनका लागि केहि खेलमा सहभागि शुल्क समेत राखेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्