जीवन सुवेदी/ टोकियो ।
जापानको टोकियोस्थित हानेदा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको एउटा निर्माणाधीन भवनमा सोमबार बिहान ९ बजेपछि (जापानी समय) ठूलो आगलागी भएको छ। प्रहरीका अनुसार, ‘निर्माण भइरहेको भवनबाट कालो धुवाँ निस्केको र आगो लागेको’ भन्दै सूचना प्राप्त भएको थियो। आगलागी नियन्त्रणका लागि टोकियो दमकल विभागले २२ वटा दमकल पठाएर अहिले पनि आगो निभाउने कार्य जारी राखेको छ।
हालसम्म यस आगलागीबाट कुनै पनि मानव हताहत वा घाइतेको पुष्टि नभएको प्रहरीले जनाएको छ। राष्ट्रिय भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालय, टोकियो विमानस्थल कार्यालयका अनुसार विमानस्थल नजिकै आगलागी भए पनि विमानहरूको उडान र अवतरणमा कुनै असर परेको छैन।











