काठमाडौं । हमासद्वारा अपहरणमा परेका नेपालका विपिन जोशीसहित २२ जना अझै जीवित रहेको इजरायलले विश्वास गरेको छ।
वासिङ्गटन पोस्टले एपी समाचार संस्थाको सहयोगमा प्रकाशित समाचारमा इजरायलले ती बन्दीहरू जीवित रहेको प्रमाण पाएको उल्लेख गरेको छ। उक्त सूचीमा २४ वर्षीय नेपाली विपिन जोशी पनि समावेश छन्।
हमासले यसअघि सार्वजनिक गरेको बन्दीहरूको सूचिमा पनि विपिनको तस्वीर रहेको थियो। हाल गाजामा सुरु भएको युद्धविराम अन्तर्गत ७२ घण्टाभित्र ४८ बन्दीलाई फिर्ता गरिने र बदलामा करिब २,००० प्यालेस्टिनी कैदीलाई रिहा गरिने भएको छ।











