मार्गदर्शन एकेडेमी नामै काफी छ : पुरन श्रेष्ठ (अन्तर्वार्ता)

  • ख-
  • ख+

पाेखराकाे तुलसीमार्गमा रहेकाे मार्गदर्शन एकेडेमी, विद्यार्थी भाईबहिनीहरुकाे भविष्य निर्माणमा मार्गनिर्देश गर्ने मार्गदर्शनकाे नामै काफी छ । कुनै गन्तव्यमा पुग्नकाे लागि गलत बाटाेमा गएर फेरि फर्कदा हुने समयको वर्वादी एवं अनुपयोगी शिक्षा आर्जनबाट विद्यार्थीलाई बचाउने उद्देश्यले संचालित मार्गदर्शन एकेडेमी २०५९ सालदेखि सुरु भई २०६२ मा दर्ता भएर हाल २० औं वर्षमा प्रवेश गरेको छ । दुई दशककाे अवधिमा एकेडेमीले हजाराैं विद्यार्थीलाई सहि बाटाे देखाई गन्तव्यमा पुर्याउन सहयाेग गरेकाे छ । यस्तै विष्यवस्तुमा केन्द्रित रहेर मार्गदर्शन एकेडेमीकाे सम्वन्धमा एकेडेमीका प्रवन्ध निर्देशक पुरन श्रेष्ठसँग सिटिपाेखरा डट कमका संवाददाताले गरेकाे कुराकानीकाे अंश प्रस्तुत गरेका छाैं ।

👉मार्गदर्शनमा कोभिड १९ को प्रभाव कस्ताे प¥यो ?
✍️कोभिड १९ काे प्रभाव नपरेको होइन परेको छ । सायद यो प्रभाव मलाई मात्र परेको भए कहाली नै लाग्थ्यो होला । तर सम्पुर्ण नेपाली मात्र नभएर विश्वभरीलाई नै परेकोले आत्तिएको मनलाई बुझाउनु परेको छ । कतिले ज्यानै गुमाउनु प¥यो भने हामी त कमसेकम बाँचिएको छ, प्रतिक्षाको आडमा बसेकोे ढुंगा पनि टुसाउँछ रे भन्ने आशा संगाल्दै बाँच्नु परेको छ ।

👉आजभोलि मार्गदर्शनको अवस्था कस्तो छ ? बन्द नै छ कि खुल्ला गर्नुभएको छ नि ?
✍️पहिला कारोनाको लहरको अवस्थामा पुरै बन्द रहि सामान्य अवस्था आएपछि B.Sc Nursing, BNS / Staff Nurse पछि दिइने, लाइसेन्सको तयारी कक्षाहरु पढाइयो । दाेस्रो लहरले गरिएको हालको लकडाउन र उनीहरुको तोकिएको परीक्षा मिति पनि सरेकाले पढाई थाति राखेर हाल SEE पश्चात दिइने Entrance Exam को लागि online class सञ्चालन गरिएको छ । जसका लागि अफिस सम्पर्क गर्नेहरुलाई स्वास्थ्य मापदण्ड भित्र रहेर भर्ना प्रकृया र यो पहुँच भन्दा बाहिरकाहरुलाई प्राप्त फोन सम्पर्कको आधारमा लाग्ने शुल्क बैंक, इ–सेवा, मनिट्रास्फर आदिबाट जम्मा गराई Class Join गराइदै पढाइलाई अघि बढाइएको छ ।

👉 मार्गदर्शनमा खास के विषय पढाइन्छ ?
✍️मार्गदर्शनमा SEE पश्चात उच्च शिक्षाको लागि लिइने सम्पूर्ण तयारी कक्षाहरु जस्तै Staff Nurse, HA, Pharmacy, Lab Technician, Physiotherapy, Radiography, Dental, Akupanchar, Engineering, Forestry लगायत +2 Science का लागि bridge course र + 2 पछि MBBS, B.Sc Nursing, BPH, BMLT, BMIT आदि लगायत BNS, NLEN लोकसेवा आदिका bridge course हरु गराइन्छ ।

👉यो Bridge course पढ्नै पर्छ र ? के यस्ता संस्थाहरु पैसा कमाउने उद्देश्यले सञ्चालित त होइनन् ?
✍️यो course पढ्नै पर्छ भन्ने बाध्यता भने छैन । तर पढ्नु र नपढ्नुमा धेरै अन्तर हुन्छ। किनकी विद्यार्थीहरुलाई ति परीक्षामा आउने objective question, त्यसमा पनि Multiple Choice Answer हरु आउने हुदाँ यो हो जस्तो अनि त्यो पनि हो जस्तो प्रश्नको उत्तरले नसताओस र प्राप्त समयको सहि manage को छनौट गरी, अरुलाई पछि पारि आफु सफल बन्न सक्ने हुनलाई पढ्नै पर्छ भन्छौ । झनै यो कोभिड–१९ को कारण पढाइ र बुझाइमा असर परेकाहरुलाई सहज वातावरण तुल्याउन मार्गदर्शन र हामी जस्ता संस्थाहरुले पैसा कमाउन होईन, उनिहरुको भविष्य सुनिश्चित तुल्याउन सहयोगका लागि सञ्चालन गरेको कुरा प्रस्ट पार्न चाहान्छु । जस्तेै COVID-19 सबैले भन्छन् र सुनेका पनि छन् तर कतिलाई यसको अर्थ थाहा छैन जस्तै:
C = China, O = Originated, V = Virus, I = In, D = December, 19 = 2019

👉Bridge Course सञ्चालन गर्न कुनै निकायबाट स्वीकृत त लिन पर्ला तपाईले के ति सबैशश प्रकृया पुरा गर्नुभएको छ ?
✍️किन नहुने, कम्पनी ऐनमा दर्ता, कर दाखिलाको लागि भ्याटमा दर्ता अनि होस्टेल सञ्चालनको लागि साविक जिल्ला शिक्षा कार्यालयबाट स्वीकृति छ एवं अन्य सम्बन्धित निकायबाट स्वीकृत छ ।

👉काेर्षअनुसार शुल्ककाे दायरा हुन्छ कि हुदैन ?
✍️हुनुपर्ने त हो । तर त्यस्तो छैन । जो जसले जति सक्छन् त्यति असुलिरहेका छन् । बजारमा कोही सेवामुखी बनेर त कोही पैसामुखी अनि कोही अवसरमुखी भएर चलिरहदा सेवाग्राहीलाई कुन संस्था ठिक हो भनि चिन्न पनि गाह्रो तुल्याएको छ । त्यसैले सम्बन्धित निकायबाट अनुगमन र शुल्क निर्धारणको आवश्यकता ठान्दछु ।

👉 बजारमा एउटै कोर्षलाई फरक फरक शुल्क लिन्छन्, कसैले धेरै अनि कसैले थोरै शुल्कमा पनि पढाउछन् भन्छन यस माथिको सत्यता के हाे ? र अरुले कति लिन्छन र तपाईहरु कति लिनुहुन्छ ?
✍️मार्गदर्शन सदैव अग्रपंतिमा रहेकाले न त पछाडि फर्केर नै हेर्छ, न त कसैको चियो चर्चाे नै गर्छ । अब तपाईको प्रश्नको उत्तर दिनुपर्दा बजारमा अरुले के कति लिएर पढाउँछन् त्यो हामीलाई थाहा छैन सो सम्बन्धी त्यहाँ पुग्ने अभिभावक वा विद्यार्थीहरुलाई नै थाहा होला । तर मार्गदर्शनले विगतका वर्षहरुमा physical पढाउदा भन्दा स्वाभावत: online class मा अलि बढी विद्यार्थीहरु राखेर पढाउन सकिने भएकाले लिदै आएको शुल्कमा पनि घटाई हाल नाै हजार रुपैयाँ मात्र लिन्छौं। जसमा पनि पुराना विद्यार्थी वा शिक्षक मार्फत आएकालाई एक सय पाँच रुपैयाँ छुट, विद्यालय प्रथम, द्वितिय र तृतियलाई क्रमश: दुई हजार, एक हजार पाँच सय र एक हजार छुट , लाइसेन्सकै क्लासमा पनि कलेजका सर्वाेत्कृष्टहरुलाई तीन हजार, तीन हजार पाँच सय र चार हजार रुपैयाँमै पढाइयो । अन्य सबैलाई पाँच हजार रुपैयाँ मात्रमा ३ महिना पढाएपछि लकडाउन भयो अब खुलेपछि परिक्षा नभइन्जेल पढाउनैपर्छ त्यो हाम्रो कर्तव्य हो ।

👉बजारमा कहिले कुन त कहिले कुन संस्था माथि विभिन्न आक्षेप लाग्ने र तालाबन्दी भयो रे भनेर पनि सुनिन्छ किन त्यस्ताे हुन्छ ?
✍️हो,तपाईले सुन्नुभएको कुरा सत्य हो किनकी हामीले यो भोग्दै पनि आएका छौं । वास्तविकता भनेको हामी नेपाली हौँ । हाम्रो संस्कार पनि त्यस्तै छ । कोहि केही उचाईमा पुग्यो वा पुग्न लाग्यो भने, स्वच्छ प्रतिस्पर्धातिर नलागि खुट्टा तान्ने प्रवृतिले गर्दा त्यस्तो भएको हो । गलतै काम गरेको कुरा प्रमाणले ठहर गरेको भए कानुनले पक्कै बञ्चित तुल्याउथ्यो होला । त्यसैले मैले बुझेको कुरा, फलेको वृक्षले पक्कै धेरै झटाराकोे मार सहनुपर्दो रहेछ । यो पनि एउटा सफलताको निम्ति सिक्नुपर्ने पाठ हो ।

👉Bridge Course का लागि खोलिएका संस्थाहरु थुप्रै छन् तर पनि धेरैले मार्गदर्शन नै रोज्नुको कारण के हुन सक्छ ?
✍️सर्वप्रथम मार्गदर्शन पोखराको मात्र नभएर नेपालकै पुरानो संस्था हो । यहाँबाट bridge course गरेर सफलता प्राप्त गर्नेहरुको सल्लाह र सुझावले हुन सक्छ । अर्को कुरा जस्ले मार्गदर्शनमा आवद्ध भएर थोरै पनि आवश्यक मेहेनत गर्दछ भने उसले असफलताको पिडा सहनै पर्दैन । २० अाैं वर्षदेखि अनवरत अध्यापनरत शिक्षकहरुको अध्यापनबाट पाउने सन्तुष्टि, मार्गदर्शनको व्यवस्थापन, पारिवारिक वातावरण, विद्यार्थीहरुको मूल्यांकन, आवश्यक सुझाव , प्रगतिको लागि गरिने प्रोत्साहन र दवाव, Who are you ? , Why you are here? भन्ने कुरालाई राम्ररी बुझाई सकेपछि आफै बुझ्छन् । आवश्यक मिहेनत गर्छन् र सफल बन्छन् । सायद यी सब कुराले प्रभावित भएर आएका होलान् । हुन पनि मार्गदर्शनका AC युक्त पढाैं पढाैं लाग्ने कोेठाहरु, सुनौं-सुनौं लाग्ने शिक्षकका बोलीहरु, लाईव्रेरीको व्यवस्थापन, विद्यार्थीहरुको अभ्यासका लागि अभ्यास गरेर नसकिने question bank, सबैलाई समान व्यवहार न्यून शुल्कमा पढाइने System देखि फर्म भरिदिने, परिक्षामा लैजाने ल्याउने, भर्नामा सहयोग, छोड्न जानेको सुविधाहरु सायद अन्त नभएर पनि हुन सक्छ ।

👉मार्गदर्शनमा Bridge Course मात्र नभएर हास्टेल पनि चलाउनुभएको छ नी, कतै Bridge Course मा थोरै पैसा लिए झै गरेर हाेस्टेलमा महंगो शुल्क उठाउने गर्नुभएको त छैन ?
✍️त्यसरी पैसाको पछि दौडेको भए पक्कै मार्गदर्शन यो धरातल भन्दा धेरै मुनि पुगिसक्थ्यो होला । अब त ६० वर्ष पनि कटियो । अझ कमाउनु भन्दा यथा स्तरबाट तल झर्न नपरोस् । जे जतिको माया पाइएको छ त्यसमा कमी हुदै नजाओस् भन्ने सोचमा डुब्ने गरेको छु । साथै जसले पनि बुझ्न सक्नुहुन्छ मार्गदर्शनको भन्दा कम शुल्क लिई पढाउने कसैले र होस्टेल राखेका छैनन् । अब त ओरालो लागेको जिन्दगीले पैसा भन्दा पछिलाई मलामी कमाउनु नै बेस पो ठान्ने गरेको छु ।

👉 के तपाईकोमा तयारी कक्षा लिनेहरु सबैले हास्टेल नै बस्नु पर्ने हो ?
✍️हैन । सबैलाई होस्टेल उपलब्ध गराउन पनि कहाँ सकिन्छ र अनि सबैलाई होस्टेल राख्ने आफ्ना अभिभावको पहुच पनि हुन प¥यो नि । होस्टेल त, देखेको सपना अधुरो बन्छ कि भन्नेहरु अनि टाढाबाट आउने र पोखरामा कोही आफन्त नभई बस्नैपर्ने बाध्यता भएकाहरुलाई मात्र हो ।

👉घरबाटै आउजाउ गरि पढ्नु र महंगो पैसा लिएर होस्टेल राख्नुमा के फरक पर्छ ? समूहमा बस्दा विद्यार्थीहरु झनै बिग्रन्नन् र ?
✍️जेलमा मान्छे थुन्नु भनेको बिग्रेको आनी बानी सुर्धानलाई हो । पहिला असफल भईसकेपछि पछुताउनु पर्छ की भनेर पहिले नै सजक बन्ने ठाउँ हो । किनकी होस्टेल बस्दा पहिलो कुरा मोबाईल चलाएर बिग्रेको आदत सप्रन्छ । physical class बिहान , दिउँसो र बेलुकी नै पढाई हुन्छ । आफुले नजानेका कुराहरु बिना हिच्किचाहट साथीहरुलाई सोधेर जान्न सकिन्छ । पढ्न भन्दा अन्त दिमाख खर्च हुन्न । त्यसैले आफ्नो सोच र परिवारको सपना पुरा गराउने बाटोमा लाग्छन् । आफु हिड्ने बाटो विद्यार्थी आफैले खन्छन् । जसरी आफ्नो बाटो आफै खन्ने डोजर कहिल्यै नपल्टे झै आफैले खनेको बाटोका विद्यार्थीहरु पनि कहिल्यै पल्टदैनन् । होस्टेल भनेको उदाहरणको लागि बोइलर कुखुरा पालन गर्ने ठाउँ जस्तै हो । जो छोटो समयमा आवश्यकता अनुसारको प्रगति गर्न सक्छन ।

👉के अहिले यस्तो अवस्थामा पनि होस्टेल सञ्चालन गर्नुभएको छ ?
✍️याे सरकारी निकायबाट नियम र कानुनको परिधि भित्र बाधिएर सञ्चालन भएको वा गर्नुपर्ने संस्था हो । त्यसैले सम्बन्धित निकायले फुकुवा नगरेसम्म हाललाई असम्भव छ । फुकुवा भएपछि पनि आवश्यक टेस्ट रिजल्ट पश्चात राख्न मिल्नेलाई मात्र स्वास्थ्य मापदण्डको पालना गरेर राख्न सकिन्छ । किनकी संक्रमणको खतरा विद्यार्थीलाई मात्र नभएर हामीलाई पनि हुन नदिने सजगता अप्नाउनु पर्दछ ।

👉मार्गदर्शन नयाँ ठाउँमा किन सार्नुभयाे? पुरानाे ठाउँमा नचलेर हो ?
✍️त्यो बाध्यात्मक अवस्था हो । दिनानुदिन विद्यार्थीहरुको बढ्दो चाप भित्र पढाउने ठाउँको अभाव भई रहेको अवस्थामा भाडाको घर, अनि ४ तल्ला पुरै प्रयोगमा थियो । घरधनीबाट हामीले प्रयोग गरेको मध्ये २ तल्ला आफ्नो निजी प्रयोजनको लागि खाली गरिदिने माग भएको र बाँकी ठाँउले हाम्रो कार्यक्रम सञ्चालनलाई कोठा नपुग भएकोले रानीपौवाको तुलसीमार्गमा अर्थात आफ्नै होस्टेलको नजिक झनै फराकिलो र राम्रो वातावरण भएको एवं पहिले कलेज नै चलेको ठाउँमा सरेर आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दै आएका छाैं ।

👉अन्त्यमा तपाईले भन्नै पर्ने केहि कुरा केही छन् ?
✍️सर्वप्रथम त bridge course को आवश्यकता र मार्गदर्शनको बारेमा प्रष्ट पार्ने अवसर दिनुभएकोमा यहाँलाई हार्दिक आभार व्यक्त गर्दछु । “आजको यूगको माग, प्राविधिक शिक्षा प्रति सम्पूर्णको झुकाव” भन्ने कथन सुनाउँदै र जसका लागि हामीप्रति विश्वास लागेमा ढिला नगरी हामीलाई सम्पर्क गरी आफ्नो बाबु नानीको भविष्य सुनिश्चितताको लागि भर्ना हुन वा सल्लाह सुझाव लिन कत्ति पनि ढिला नगरी दिनुहुन अनुरोध गर्दछु । साथै “The full use of today is the best preparation for tomorrow” भन्दै सम्पूर्णमा स्वास्थ्य मापदण्डको पालना भित्र रहि सु–स्वास्थ्य रहनु हुन समेत कामना गर्दछु । हाम्रो सम्पर्क नम्बरहरु : ०६१-५७३००४, ५८४७५४, ५४४४९८, ५७६०५८ रहेका छन् ।

“ तपाईँको सपना अवश्य साकार हुन्छ,जब तपाई यो मार्गदर्शन नै रोज्नु हुन्छ । ”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्