आँधीखोला गाउँपालिकाका ७ सय ५६ जनाले लगाए कोरोनाविरुद्वकाे खोप

  • ख-
  • ख+

आँधीखोला । स्याङ्जाको आँधीखोला गाउँपालिकाका ७ सय ५६ जनाले नागरिकले कोरोना भाइरस विरुद्ध खाेप लगाएका छन् ।

गाउँपालिका स्वास्थ्य प्रमुख निराजन लामिछानेले खाेप अभियान अन्तर्गत पालिकामा पर्ने ६ वटा वडाका ७ सय ५६ जना नागरिकले विहिवार कोरोना विरुद्धको भेराेसेल खाेपको पहिलाे मात्रा खाेप लगाएकाे बताए ।

उनका अनुसार खोप लगाउनेमध्ये ३ सय ३० जना महिला छन् भने ४ सय २६ जना पुरुष रहेका छन् ।

गाउँपालिकामा वडा १,२,३,४,५,६ पर्छ । वडा १ का १ सय ७४ जना, वडा २ मा १ सय २२, वडा ३ मा १ सय, वडा ४ मा १ सय ६ जना, वडा ५ मा १ सय ४६ जना र वडा ६ मा १ सय ८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

गाउँपालिकाले पालिकामा १ हजार ५ सय १२ जना नागरिकलाई कोरोना खोप लगाउने लक्ष्य राखेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्