पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पैदल यात्रीलाई लक्षित गरी पैदल यात्री सुरक्षार्थ एसएलसी (स्टप, लुक, क्रस) कार्यक्रम शुरु गरेको छ ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरको सहकार्यमा पैदल यात्रीले बाटो पार गर्दा कसरी सुरक्षित तरिकाले पार गर्ने विषयमा पोखराको बाग्लुङ वसपार्कमा कार्यक्रम आयोजन गरिएको थियो ।
विशेष गरी पोखराको जिरो किमि देखि हेमजा सम्मको बाटोमा पैदल यात्रीले बाटो क्रस गर्द बढि दुर्घटना हुने गरेको कारण यस क्षेत्रलाई लक्षित गरेर यो कार्यक्रम शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नविन कार्कीले जानकारी दिए ।
उनका अनुसार कास्कीमा हुने दुर्घटनाका कारण मृत्यु हुनेको संख्या मध्ये ४० प्रतिशत पैदल यात्रीको रहेको र त्यो मध्ये पनि जिरो देखि हेमजा सम्म ५० प्रतिशत पैदल यात्रीको मृत्यु भएकोले पनि यस क्षेत्रमा पैदल यात्री सुरक्षार्थ एसएलसी कार्यक्रम आयोजना गरिएको हो ।
‘जिल्ला प्रहरी कार्यालय कास्कीले समग्र दुर्घटनाका बारेमा वुझ्दा धैरै जसो दुर्घटनाका कराण पैदल यात्रीको मृत्यु भएकोले तथ्याड्ढ पाइयो’ उनले भने ‘यो अभियानले पैदल यात्रीलाई सुरक्षित तरिकारले बाटो क्रस गर्न सिकाइयो भने क्षती न्यूनिकरण हुन्छ भन्ने मान्यताले यो अभियान चलाएका हौं ।’ उनले यो अभियानलाई सवैको साथ सहयोग लिएर निरन्तरता दिने बताए ।
कार्यक्रममा जिल्ला ट्राफिक कार्यलय कास्की, वडा प्रहरी कार्यालय बगर, जनप्रतिनिधि, सामुदायिक सेवा केन्द्र बगर, विन्ध्यवासिनी मावि बरपाटन र सगरमाथमा विद्यार्थीहरुको सहभागिता रहेको छ ।
उनीहरुले बाटो क्रस गर्दा मोबाईल फोन प्रयोग नगरौं, हतारमा सडक पार नगरौं, फुटपाथ नभएको स्थानमा सडको दाहिने किनारबाट पैदल यात्र गरौं, बाल बच्चालाई सडकमा एक्लै नछाडौं, सडक पार गर्दा दाँया बाँया टाढा सम्म सवारी साधन हेर्ने गरौं लगायतका प्ले कार्ड बोकेर सडक पार गर्न सिकाएका थिए । यस अघि पनि जिल्ला प्रहरी कार्यालय कास्कीले सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा हेमजाको सहकार्यमा हेमजाको मिलनचोकमा यस्तै खालको अभियान सञ्चालन गरेको थियो ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चाल सचिव कृष्ण बहादुर तामाङले गरेका थिए ।










