नमुना सहकारीमा केदारनाथ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। संस्थाकाे २६औँ साधारण सभा तथा दशौँ अधिवेशनबाट अध्यक्षमा केदारनाथ न्यौपाने निर्वाचित भए ।

यसैगरी उपाध्यक्षमा हेमकुमार श्रेष्ठ, सचिवमा नवराज पहारी, कोषाध्यक्षमा नारायण प्रसाद अधिकारी चयन भएका छन् ।

यस्तै सदस्यहरूमा शिवराज बराल, कृष्ण पराजुली र माया कुबँर निर्वाचित भएका छन भने लेखा समिति संयोजकमा हेम प्रसाद तिमिल्सिना तथा सदस्यहरूमा देवी श्रेष्ठ र विष्णु प्रसाद ढुंगाना निर्वाचित भए ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल, प्रभावकारी र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरिएको संस्थाका प्रशासनिक अधिकृत शोभाकान्त पौडेलले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्