हेमजा युनाईटेडद्वारा गौरीशंकर आ.विमा न्यानाे कपडा वितरण

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

हेमजा ।  हेमजा युनाईटेड पोखरा–२५, हेमजाले न्यानो कपडा तथा स्टेशनरी वितरण गरेको छ ।

संस्थाले वार्षिक क्यालेन्डर अनुसार पोखरा–२५ हेमजा देवीस्थान स्थित गौरीशंकर आधारभूत विद्यालयमा अध्ययनरत  विद्यार्थीहरूको  लागि कापी,कलम लगायतका स्टेशनरी सामग्री र न्यानो कपडा ( स्विटर, टोपी) वितरण गरेको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तमान श्रेष्ठले विद्यालयको अवस्था, आवश्यकता बारे जानकारी दिए । उनले सहयोगको पूर्ण सदुपयोग गर्ने र गुणस्तर शिक्षा प्रदानमा विद्यालय प्रतिबद्ध रहेको भनाई राखे । श्रेष्ठले हेमजा यूनाईटेड खेलकुदसँगै सामाजिक गतिविधिमा पनि सक्रिय रूपमा लागेकोमा प्रशंसा गरे ।

हेमज युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठले  वार्षिक क्यालेन्डर अनुसार खेलकुदसँगै मासिक रूपमा सामाजिक हितका लागि विभिन्न काम गर्दै आइरहेको बताए ।

साेहि अनुरूप  स्टेशनरी सामग्री र मौसम अनुकूल विद्यालयमा न्यानो कपडा वितरण गरिएको उनकाे भनाई छ ।

जाडो बढेसँगै बालबालिकाहरूलाई न्यानो स्वीटर र टोपीले निरन्तर विद्यालय आउन सहज हुने साथै स्टेशनरी सामग्रीले पठनपठानमा प्रोत्साहन गर्ने उनकाे विश्वास छ ।

अध्यक्ष श्रेष्ठले विद्यालयमा प्रविधियुक्त शिक्षालाई निरन्तरता दिन आग्रह गर्दै आगामी दिनमा आवश्यक सहयोग र सहजीकरणको लागि संस्था सधैं साथमा रहने प्रतिबद्धता जनाए ।

विद्यालयका ४२ जना विद्यार्थीलाई सामग्री हस्तान्तरण गरिएको क्लवका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक निराजन अधिकारीले जानकारी दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान  अध्यक्ष नारायण बहादुर कुवार , प्रधानाध्यपक ईन्द कुमारी पुन लगायतले बोलेका थिए ।

क्लब पदाधिकारी, अभिभावक, शिक्षक शिक्षिका विद्यार्थीहरूको उल्लेखनीय  उपस्थिति रहेको कार्यक्रमको सञ्चालन भने क्लबका सचिव महादेव अधिकारीले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्