दोहोरो अंकमा भेटिए संक्रमित : आज मात्र १६ जना, अहिलेसम्म ७५ पुग्यो

  • ख-
  • ख+

वीरगञ्ज र नेपालगञ्जमा गरी आज नेपालमा १६ जना कोरोना संक्रमित भेटिएका छन् ।

योसँगै नेपालमा ७५ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरमणि अधिकारीले प्रेस विज्ञप्ती जारी गर्दै पुष्टि गरेका छन् ।

यसअघि नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

आज भेरी अस्पताल, नेपालगन्जको प्रयोगशालामा भएको परिक्षण अनुसार नयाँ पुष्टि भएका १६ वर्षदेखि ६० वर्ष उमेरसम्मका छन् । तीमध्ये पुरुष ३ जना छन् जसको उमेर क्रमस १६ २१ र ३४ रहेको छ भने ४०, ५५, र ६० वर्ष उमेरका ३ जना महिलाहरु हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनको क्रममा आज कोरोना पुष्टि भएका नेपालगञ्जका ९ जनामध्ये एक जना सात वर्षको बच्चा पनि रहेको जानकारी दिनुभयो । तर बालक वा बालिका भन्नेबारेमा भने उहाँले केही पनि खुलाउनु भएन ।

शुक्रबार संक्रमण देखिएका व्यक्तिकै सम्पर्कमा आएका व्यक्तिहरुमा कोरोना देखिएको बताइएको छ।

संक्रमितको उपचारका लागि खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कोभिड१९ अस्पताल तयार गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्