अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पसको संगठन विभाग प्रमुखमा तामाङ

  • ख-
  • ख+

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी ) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको पृथ्वीनारायण क्याम्पसमा कमिटी गठन भएको छ ।

अखिल (क्रान्तिकारी ) पृथ्वीनारायण क्यामपसम काशी पौडेलको नेतृत्वमा ६१ सदस्यीय कमिटि गठन भएको हो ।
उपाध्यक्षमा सुवास पौडेल, सरोज काफ्ले,पुजा अधिकारी र उमेश बहादुर बिके रहेका छन् ।

पार्टीको विद्यार्थी संगठन विभाग प्रमुखमा मनिष तामाङ निर्वाचित भएका छन् ।

यस्तै सचिवमा चिरञ्जीवी अधिकारी,सहसचिवमा राम शर्मा पौडेल,कोषाध्यक्षमा  नेहा गुरुङ निर्वाचित भएका छन् ।

यस्तै छात्रा विभाग प्रमुखमा सफलता तिमिल्सिना र विद्यार्थी स्वयंसेवक प्रमुखमा खेम गुरुङ निर्वाचित भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्