सहारा उत्कृष्ट सदस्यबाट रामप्रसाद हिराचन सम्मानित हुने

  • ख-
  • ख+

पाेखरा । यस बर्षको सहारा उत्कृष्ट सदस्यबाट राम प्रसाद हिराचन सम्मानित हुने भएका छन्।

पोखराको सहारा क्लवको २३ औं बार्षिकोत्सवको अवसरमा यही भदौं ३० गते हिराचनलाई सम्मान गरिने भएको क्लवले जनाएको छ ।

हिराचनले सहारा क्लव सहित सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान पुराएको भन्दै क्लवले सम्मान पत्रको साथमा दोसला ओढायर सम्मान गर्ने भएको हो ।

मुस्ताङ मार्फाका हिराचन विगतका बर्ष देखि पोखरा ९ मा बस्दै आएकाछन भने २०५७ साल देखि सहारा क्लवमा आबद्ध भएको हुन्।

विनु राना मगरको संयोजकत्वमा गठित उपसमितिले उनलाई सम्मान गर्ने गरेको सिफारिसको आधारमा क्लवले अनुमोदन समेत गरेको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए ।

अन्य सदस्यमा भने तिलक बहादुर क्षेत्री र ज्योती केसी रहेका छन् ।

यही भदौं ३० गते यस बर्षको खेलकुद पत्रकारिता पुरस्कार २०७७ बाट दीपक परियार लाई पुरस्कृत गरिने भएको क्लवका अध्यक्ष केशवबहादुर थापाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्