सम्भावित बाढी–पहिरोको जोखिम : पोखराका विद्यालय दुई दिन बन्द

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिको जोखिमलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले महानगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत सूचना सार्वजनिक गर्दै आज असोज ८ गते र भोलि असोज ९ गते महानगरअन्तर्गतका सबै विद्यालयमा स्थानीय बिदा दिने जानकारी दिएका हुन्।

https://www.facebook.com/share/p/19f5czvTxg/

महानगरपालिकाका अनुसार उक्त दुई दिनको बिदालाई पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिनेछ।

सम्भावित प्राकृतिक जोखिमलाई ध्यानमा राख्दै विद्यार्थी, अभिभावक, शिक्षक तथा महानगरवासीलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन महानगरपालिकाले आग्रह गरेको छ।

महानगरपालिकाले सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गर्दै ‘सुरक्षा नै पहिलो प्राथमिकता’ भएकाले सतर्क र सुरक्षित रहन अपिल गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्