मियाँपाटनमा भेटिएकाे पर्स सम्वन्धित व्यक्तिलाई हस्तान्तरण

  • ख-
  • ख+

पाेखरा । पाेखराकाे मियाँपाटनमा भेटिएकाे नगद रकम र महत्वपुर्ण कागजातसहितकाे पर्स सम्वन्धित व्यक्तिलाई हस्तान्तरण गरिएकाे छ ।

ईलाका प्रहरी कार्यालय हंसपुर कास्कीका प्रहरीकाे राेहवरमा पर्स भेट्नुहुने व्यक्तिद्वय जुनियर सिटिजन्स एकेडेमी (पोखरा-२६) बुढीबजारका अध्यक्ष सिर्जना पौडेल ढकाल र विद्यालय व्यवस्थापन समितिका सदस्य सरिता पौडेलले सम्वन्धित व्यक्ति सुशान्त बराललाई हस्तान्तरण गरेका हुन् ।

पर्स भेट्नासाथ जुनियर सिटिजन्स एकेडेमी (पोखरा-२६) बुढीबजारका अध्यक्ष सिर्जना पौडेल ढकालले रेडियाे सार्थक ८९.१ मेगाहर्जलाई जानकारी दिएकी थिईन् र रेडियाे सार्थकका प्रतिनिधिकाे सहयाेगमा बरालले साँझ ५ वजेतिर सम्पर्कमा आयर आफ्नाे सामान प्राप्त गरेका हुन् ।

पाेखरा २२ निवासी सुशान्त बरालकाे पर्स स्कुटर चलाईरहेकाे अवस्थामा मंगलवार मध्यान्ततिर हराएकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्