सहारा एकेडेमीको जिम्मा व्यवसायिक घराना सूर्यबहादुर के सी परिवारले लिने

  • ख-
  • ख+

पोखरा । सहारा एकेडेमीलाई पोखराको व्यवसायिक घराना सूर्यबहादुर के सी परिवारले वार्षिक १५ लाखका दरले १० वर्ष सहयोग गर्ने भएको छ ।

पोखरामा आज एक कार्यक्रमका बीच स्व.केसीकी धर्मपत्नी प्रेम कुमारी केसी, छोराहरु प्रकाश के सी, किरण के सी र रोशन के सीको उपस्थितीमा सहारा क्लवका अध्यक्ष हरि गुरुङबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

एकेडेमीको जिम्मेवारी लिएसँगै सहारा क्लव एकेडेमीको नाम समेत परिवर्तन गरिएको छ।   क्लबसँग दश वर्षे सम्झौता गर्दै ‘सुर्यबहादुर के सी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण गरिएको छ। सम्झौता अनुसार वार्षिक के सी परिवारले एकेडेमीको लागि वार्षिक १५ लाख रुपैयाँ दिने सहमती पत्रमा उल्लेख गरीएको छ  ।

सम्झौता आदान प्रदान कार्यक्रममा वोल्दै केसीका छोरा तथा यूवा उद्योगपती प्रकाश केसीले सहारासँग आफ्ना वुवाको संस्थागत निकटता र सवैलाई मायाको दृष्टिकोणले हेर्ने भएकोले पनि परिवारले एकेडेमीको सञ्चालनका  लागि सम्झौता गरेको बताए ।

हिमश्री फुड्सका निर्देशक किरण के सीले आफ्नो वुवाको नाम सहारा एकेडेमी सँग जोडिन पाउँदा निकै गौरव लागेको बताए ।

अर्को छोरा रोशन के सीले आफ्नो वुवाको काम र विचारलाई स्थापित गर्ने सँगै जिवन्त बनाई राख्न सहारा एकेडेमी सँग जोडिएको बताए  । उनले साे अवसरमा भविष्यमा समेत सहाराका हरेक कार्यमा हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त समेत ब्यक्त गरे ।

सहयोग दाताको भरमा सन्चालन हुँदै आएको एकेडेमीमा पहिलो पटक ठूलो राशीको सहयोग केसि परिवारले गरेको हो । एकेडेमीमा १४ जिल्लाका २४ जना कठिन परिस्थितिका बालकहरु आश्रित रहदै आएको क्लवका अध्यक्ष हरि गुरुङले बताए ।

सयोगले उनीहरुको शिक्षा दीक्षा सहित फुटबल प्रशिक्षण एकेडेमीले खर्च गर्नेछ  । हालसम्म सहारा युके, सहारा हङकङ र सहारा अष्ट्रेलियाबाट सहयोग पठाउने गरिएको थियो । एकेडेमी चलाउनकै लागि क्लवले आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ ।

सहारा क्लबले आयोजना गर्दै आएको आहारारा गोल्डकपको २० औं संस्करण माघ ६ देखि सुरु हुने अध्यक्ष गुरुङले बताए ।

हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउको नाममा केसी परिवारले फुटवल प्रतियोगिताको मुख्य प्रयोजन समेत गरेको छ  ।

सहारा क्लवले आफैले जग्गा खरिद गरेर दोविल्लामा एकेडेमी सन्चालन गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्