प्रेस चौतारी कास्कीको अध्यक्षमा अर्जुन, सचिव रञ्जन

  • ख-
  • ख+

पोखरा । प्रेस चौतारी नेपाल, कास्की शाखाको आठौं अधिवेशनबाट अर्जुन गिरीको नेतृत्वमा सर्वसम्मत नयाँ कमिटी चुनिएको छ ।

शुक्रबार भएको अधिवेशनबाट उपाध्यक्षमा मोतीसागर अधिकारी, उपाध्यक्ष (महिला) मा बालकुमारी पौडेल (तारा), सचिवमा रञ्जन अधिकारी, सह-सचिवमा ईश्वर देवकोटा, सह-सचिव (महिला) मा उमा आलेमगर र कोषाध्यक्षमा जीवन सुवेदी निर्वाचित भएका छन् ।

३० सदस्यीय कमिटिको २३ जना सदस्यहरुमा पुनम थापामगर, अनुप पौडेल, राजु गिरी, सुरक्षा श्रेष्ठ, विनिता सुनार, अनिता घिमिरे, अर्पण तिवारी, आशीष पुरी, दीपा पौडेल, अर्जुन थापा (मगर), सञ्जय रानाभाट, कृष्ण देवकोटा, रोजी बुढामगर, रेजिना कटवाल, सूर्य परियार, अमृतकुमार भट्टराई, काशीनाथ कुमाल, सबिन रेग्मी, रिजन ढुंगाना (दर्शन), दीपक अधिकारी, दीपेन्द्र शाही, निरज बसौला र शिव बोहरा छन् ।

यसअघि, अधिवेशनको उद्घाटन नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले गरेका थिए । उद्घाटन समारोहमा पूर्व मुख्यमन्त्री गुरुङसँगै नेकपा एमाले गण्डकी प्रदेश संयोजक किरण गुरुङ, सचिव जगत विश्वकर्मा, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, जिल्ला कमिटि कास्की उपाध्यक्ष मनबहादुर गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रेस चौतारी कास्कीमा २२८ जना साधारण सदस्यहरु छन् । यसै वर्ष ५६ जना थपिएका छन् । प्रेस चौतारी नेपालको देशभरकै शाखामध्येमा कास्कीबाट नयाँ कमिटि चयन प्रक्रिया सुरु भएको छ ।

केन्द्रीय अध्यक्ष बस्नेतले सर्वसम्मत कमिटि चुनेर कास्कीले उदाहारण प्रस्तुत गर्दै मार्गनिर्देश गरेको बताए । अब देशैभर सर्वसम्मत नेतृत्व चयन गर्न कास्कीले सन्देश दिएको भन्दै उनले खुशी व्यक्त गरे ।

तस्वीरः प्रेम/परिचय

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्