सदाशिव शिद्धेश्वर हरिहर मन्दिरमा तयार हुँदै बिभिन्न पूर्वाधार

  • ख-
  • ख+

पाेखरा । पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित दुई शताव्दी पुरानो सदाशिव शिदेश्वर हरिहर मन्दिर परिसरमा बिभिन्न पूर्वाधार निर्माणलाई अघि बढाइएको छ ।

पोखराको इतिहासको साक्षी मन्दिरलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य वनाउने सोचका साथ सदाशिव हरिहर मनिदर व्यवस्थापन समितिको सकृयतामा १०८ गौमुखे धारा, शिवलिङ्ग लगायतका संरचना निर्माण गर्न लागिएको हो ।

एक सय आठ गौमुखे धाराबाट पवित सेतीनदीको पानी निरन्तर झरि रहनुका साथै १०८ शिबलिङ्ग, मुख्य र सहायक प्रवेशद्धार, विवाह तथा पितृउद्धार मण्डप निर्माणका लागि अहिलेसम्म २१ लाख ३७ हजार १९५ रुपैया संकलन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नेगेन्द्र शर्मा भण्डारीले जानकारी दिए ।

“मन्दिर परिसरको थप आकर्षण र भक्तजनहरुको दृढ इच्छा एवम् आर्थिक सहयोगबाट शुन्यबाट शुरु गरिएको भौतिक निर्माण कामले सार्थकता पाउँदा त आँट म पु¥याउँछु भन्ने उखानलाई चरितार्थ भएको छ” उहाँले भन्नुभयो,“अभियानको दौरानमा अहिलेसम्म २०० जना दाताबाट सहयोग प्राप्त भई सकेको छ ।” भण्डारीले भने । 

जो कोहीले पनि आपना पुर्खाका नाउँमा निर्माण गरिने एक शिवलिङ्ग र एक धाराका लागि १५ हजार पाँच रुपैया लिने मन्दिर सञ्चालक समितिको निर्णय अनुसार आर्थिक संकलन गरिदै आएको छ ।

सितापाईला घाटमा जाने र मन्दिरको कलात्मक मुख्य प्रवेशद्धार आठ लाख ७५ हजार ८४३ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको निर्माण समितिका संयोजक हरिहर भण्डारीले जानकारी दिए । 

मन्दिर व्यवस्थापन समितिका सचिव समेत रहेका उनका अनुसार गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट रु. दुई लाख ११ हजार स्थानीय समाजसेवी सो क्षेत्रकै अग्रणी आमा नारायणी भण्डारीले प्रदान गर्नुभएको एक लाख एघार हजार १११ रुपैया सहित ८९ जनाबाट नौ लाख ६४ हजार ५३४ आर्थिक संकलन भएको थियो ।

सिताघाट जाने बाटोबाट मन्दिर परिसरमा प्रवेश गर्ने सहायक गेट दुई लाख ६७ हजार ३९० रुपैयाको लागतमा निर्माण सम्पन्न भएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीले  आप्mना हजुर बुवा , हजुर आमाको स्मृति एवम् बुबा बुद्धिसागर  र आमा बिष्णुमाया शर्मा भण्डारीको नाममा निजी खर्चमा सो गेट निर्माण गरेका हुन् ।

पोखरा महानगरपालिका वडा नं.१७ का वडाअध्यक्ष तिर्थराज अधिकारीले नवनिर्मित गेटको सोमवार एक समारोहका बीच उद्घाटन गर्दै धार्मिक पर्यटकको प्रचुर सम्भावना रहेको यस ऐतिहासिक एवम् धार्मिक क्षेत्रको विकासमा सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

सो धार्मिक क्षेत्रमा लगभग ३५ लाख रुपैयाको लागतमा १०८ शिवलिङ्ग र १०८ गौमुखे पानीको धारा समेत निर्माण गरिने भएको छ । पोखरा महानगर कार्यपालिका सदस्य राधिका शाही योगीले उक्त संरचनाको आज विधिपूर्वक शिलान्यास गरे । 

सेतीनदीको तटमा अवस्थित उक्त धार्मिक क्षेमा हरिहर मन्दिरसंगै लक्ष्मीनारायण, गणेश, शिव, अकला, रामसिता मन्दिर र हवनकुण्ड निर्माण गरि नित्य पुजापाठ सञ्चालन हुँदै आएको व्यवस्थापन समितिका उपाध्यक्ष इसारा थापामगरले जानकारी दिए ।

तत्कालीन राजा कुलमण्डल शाह सेतीनदीस्थित सिताघाटमा स्नान गर्दा सदाशिबजी हरिहरले प्रत्यक्ष दर्शन दिई उक्त पुण्यस्थलको स्थापना गरि नित्य पुजा सञ्चालका लागि गुठी जग्गाको समेत व्यवस्था गरिएको जनविश्वास छ । 

१८६४ सालमा मन्दिर निर्माण गरि महादेवको मूर्तिसमेत स्थापना गरेको मन्दिर परिसरमा अवस्थित सिलाखेलमा उल्लेख छ । पुजा सञ्चालनका लागि बिरौटा फाँटमा रहेको करोडौ मूल्य बराबरको २९ रोपनी १२ आना ६० मुरी माटो बराबरको अब्बल खेत गुठी बक्स भएको लालमोहर अहिले पनि सुरक्षित छ ।  

गुठी जग्गा दुई शताब्दी पछि मात्र मन्दिरको हकभोगमा आएको हो । राजगुठीमा सूचीकृत सो जग्गाको किर्ते कागजात तयार गरि ११ जनाले छुट जग्गा गर्दा गरि जग्गाधनी प्रमाण पुर्जा पाउँ भनि सूचना समेत प्रकाशित भई अन्तिम चरणमा पुगेको सो गुठी जग्गा मन्दिर समितिको निरन्तर सक्रियता र स्थानीय प्रशासनको सहयोगमा संरक्षणसंगै उपयोगमा आएको मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष ऋषिराम भण्डारीले जानकारी दिए ।

 गुठी संस्थान केन्द्रिय कार्यालय काठमाडौंमा सदाशिबजी सिद्धेश्वर हरिहर मन्दिर सिद्धगुफा बेदविद्याश्रम सञ्चालन समितिको नाममा दार्ता भएको सो मन्दिर परिसर ११९ रोपनी क्षेत्रफलमा फैलिएको छ । गुठी एवम् मन्दिर हाताको जग्गालाई भरपुर उपयोग गरि धार्मिक क्षेत्रको संरक्षण र विकासमा उपयोग गरिनु पर्नेमा उनको जोड छ ।

मन्दिर समितिले उपलव्ध गराएको झण्डै १३ रोपनी जग्गामा पोखरा वृद्धाश्रम सञ्चालन हुँदै आएको छ । उक्त धार्मिक एवम् पुरातात्विक महत्व बोकेको क्षेत्रमा प्रत्येक बर्ष माघे संक्रान्तिका दिन परम्परादेखि ढुङ्गेसाँघु मेला समेत लाग्दै आएको छ ।

सो क्षेत्रमा सेतीनदी माथि प्राचिन ढुङ्गेसाँघु पुल, पिपको चौतारामा सिताको पाईला, रामसिता मन्दिर, पोखरा वृद्धाश्रम लगायतका बिभिन्न ऐतिहासिक एवम् धार्मिक महत्व बोकेका मठमन्दिर तथा पुरातात्विक महत्वका स्थल रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्