प्रेस चौतारी कास्कीका सल्लाहकार चयन, ५ सदस्य थप

  • ख-
  • ख+

पोखरा । प्रेस चौतारी नेपाल, कास्की शाखाको प्रथम पूर्ण बैठकले सल्लाहकार चयन गर्दै थप पाँच जनालाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।

आठौं अधिवेशनबाट निर्वाचित नेतृत्वले सल्लाहकार समिति गठन गरी पाँच सदस्य थप गरेको हो । चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा शनिबार बसेको बैठकले सल्लाहकार समितिमा निवर्तमान अध्यक्ष माधव बराल, केशव पाठक, इन्द्र प्रसाद पौडेल, केशवशरण लामिछाने र रामबहादुर गुरुङलाई चयन गरेको हो ।

कमिटिलाई ३५ सदस्यीय बनाउँदै साधारण सदस्यहरु माधव भुसाल, गिरीधारी पोखरेल, ऋषिराम दाहाल, सन्दीप खनाल र अर्जुन परियारलाई कार्यसमिति सदस्यमा मनोनित गरेको सचिव रञ्जन अधिकारीले जानकारी दिए ।

चौतारीको यो पहिलो बैठकले प्रेस चौतारी स्मारिका प्रकाशन गर्ने निर्णय पनि गरेको छ । यस्तै, अधिवेशन सम्पन्न गर्न गठित दुर्गा भण्डारी नेतृत्वको निर्वाचन कमिटि, रामकृष्ण ज्ञवाली नेतृत्वको अध्यक्ष मण्डलका साथै संगठनलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत ज्ञापन गरेको छ ।

बैठकमा प्रमुख आतिथ्यता केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे र विशेष आतिथ्यता कोषाध्यक्ष ईन्द्रप्रसाद आचार्यको रहेको थियो ।

उपाध्यक्ष पाण्डेले चौतारीले प्रेस जगतमा खेलेको नेतृत्वदायी भूमिकाका बारेमा प्रकाश पार्दै संगठनात्मक र पेशागत विषयमा सदस्यहरुलाई मार्गनिर्देश गरेका थिए । उनले पत्रकारहरुको संस्थामध्ये अग्रणी स्थानमा रहेको चौतारीले आफ्ना सदस्यको पेशागत सुरक्षा र दक्षता अभिवृद्धिमा सघाउ पु¥याउने उल्लेख गरे ।

कोषाध्यक्ष आचार्यले पार्टीलाई प्रचारप्रसार र रचनात्मक कार्यमा सहयोग गर्ने कार्यमा चौतारी समयानुकूल र प्रविधिलाई उच्चतम् प्रयोग गर्दै अघि बढ्दा सबैभन्दा अग्रभागमा रहेको बताए । चौतारी नेतृत्वमा अपडेटेड् युवाहरु भएकाले पनि यो डिजिटल युगमा आफूलाई सबैभन्दा अगाडि उभ्याउन चौतारीकर्मीहरु सफल बनेको उल्लेख गरे ।

अतिथिद्वयले देशभरमै सबैभन्दा पहिले अधिवेशन गरी सर्वसहमतिमा नेतृत्व चयन गरेको कास्की शाखाले सांगठनिक र रचनात्मक कार्यमा पनि अगुवाई गर्नेमा ढुक्क रहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्