विश्व शान्ति स्तूपको २२ औं बार्षिक पूजा सम्पन्न

  • ख-
  • ख+

पोखरा। विश्व शान्ति स्तूपको २२ औ बार्षिक पूजा शनिबार विश्व शान्ति स्तूप अनदुमा सम्पन्न भएको छ ।

प्रमुख अतिथि अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धर्म शोभन महास्थवीरले भगवान बुद्धले दिनुभएको शान्तिको सन्देस विश्वमा फैलाउन पर्ने बताए ।

जापानका निप्पोनजान म्योहोेजी,भेटनामका भिक्षु डा.लाम,बौद्ध अर्घौ सदन हेम्जा गुम्बाका माहायानी लामाहरु र धर्मशीला बुद्ध विहारका प्रमुख भिक्षु धजवन्तोबाट थेरवादी परम्परा अनुसार पूजा गरिएको थियो ।

कार्यक्रममा अक्षयकोष दाता सरोज रत्न शाक्य, विनोद रत्न शाक्य,राज्य श्री स्थापित,सरिता गुभाजु,मन बहादुर गुरुङ,,विजय कुमार गुरुङलाई खादा लगाई सम्मान गरिएको सचिव प्रकाश उदासले बताए ।

अध्यक्ष उत्तममान बुद्धाचार्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विश्व शान्ति स्तूप निप्पोनजान म्योहोजी नेपालका प्रमुख भिक्षु ताचुमा सातो,पोखरा महानगरपालिका वडा नं.२२ का वडाध्यक्ष मित्रलाल बरालल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम संचालन सह सचिव चम बहादुर गुरुङले सञ्चालन गरेको थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्