कर्मचारी युनियन नेतृत्वमा रामचन्द्रको उम्मेदवारी

  • ख-
  • ख+

पोखरा ।
नेपाल निजामती कर्मचारी युनियन कास्की अध्यक्षमा रामचन्द्र पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । अघिल्लो पटक अध्यक्षमै पराजित पौडेलले फेरि मतदाताको आग्रहमा आफूले उम्मेदवारी दिने घोषणा गरेको बताए ।

यही पुस २३ मा युनियनको आठौं जिल्ला अधिवेशन हुँदै छ । सातौं जिल्ला अध्यक्षमा पराजय भोगेका उनी केन्द्रीय सदस्य मनोनीत भएका थिए । कर्मचारी युनियनभित्रको सुस्तता चलायमान गराउँदै संस्थालाई चुस्त दुरस्त राख्ने उनले बताए । सरकारी कर्मचारीको समस्या समाधान गर्नतर्फ आफू लागिपर्ने उनको प्रतिबद्धता छ ।

‘अहिलेसम्म कुनै पनि युनियनकर्मी जिल्ला समितिले कर्मचारीको समस्या सम्बोधन गरेको भेटिंदैन’ उनले भने, ‘मैले टिममा विश्वास गर्छु, त्यसैले संस्थातर्फबाट साथीहरुको समस्या सम्बोधन गर्ने प्रयास गर्नेछु ।’ रुपान्तरण र पुस्तान्तरणसँगै युवा र सिर्जनशील नेतृत्वका लागि आफू अघि सरेको उनले बताए ।

‘अन्य संघसंस्थाको दबदबा भएको परिवेशमा ती संगठनसँग स्वच्छ र पारदर्शी ढंगबाट बहस गर्दै संस्थालाई बलियो बनाउने मेरो एजेन्डा हो,’ उनले भने । 

२०४८ सालमा कांग्रेसको क्रियाशील सदस्यता लिएका पौडेल पर्वतको माझफाट गाउँ इकाइ सचिव भएर काम गरिसकेका थिए । २०५२ सालमा नेवि संघ क्षेत्रीय सभापति भएका उनी २०५५ सालदेखि सरकारी सेवामा लागेका हुन् ।

म्याग्दीमा शिक्षा कार्यालयमा कार्यरत हुँदा नै २०५८ उनी कर्मचारी युनियनको साधारण सदस्य बनेका  उनले माओवादी द्वन्द्वकालमा पनि भूमिगत शैलीमा तत्कालीन कास्की जिल्ला अध्यक्ष सूर्य बरालसँग सहयोगी भएर काम गरेका थिए ।

पौडेल २०६४ सालमा काठमाडौं जिल्लाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए । पछि अर्को महाधिवेशनमा पर्वतबाट महाधिवेशन प्रतिनिधि चुनिएर चितवनको महाधिवेशनमा सहभागी बने । उनी २०६७ सालदेखि कास्की जिल्ला समितिमा आवद्ध छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्