गण्डकी ढुवानीका पदाधिकारीद्वारा सपथ तथा पदभार ग्रहण

  • ख-
  • ख+

पाेखरा । गण्डकी ढुवानी प्रा.लिकाे हालै सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुकाे सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएकाे छ ।

शुक्रवार भएकाे कार्यक्रममा निर्वाचन समितिका संयाेजक यामबहादुर खत्री तथा सदस्य दयाराम भारतीले पद तथा गाेपनियताकाे सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गरेका थिए ।

समितीकाे हालै सम्पन्न अधिवेशनले रामबहादुर तामाङ( शिव)काे अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेकाे थियाे । जसकाे सदस्यमा रत्नबहादुर आले, मनाेज विश्वकर्मा, इश्वर बस्याल, इन्द्र मल्ल, श्यामबहादुर ताम्रकार, विश्व तामाङ, मानव तामाङ र वसन्त ताम्राकार चयन भएका थिए ।

कार्यक्रममा निर्वाचन मण्डलका सदस्य दयाराम भारतीले शुभकामना तथा बधाई दिएका थिए भने समितिका अध्यक्ष शिवले आफ्नाे प्रतिवद्वतासहित धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्