पाेखरा महाेत्सव स्थगित

  • ख-
  • ख+

पाेखरा ।
युनाईटेड क्लव पोखराको आयोजनामा आगामी बुधवारदेखि माघ ९ गते सम्म आयोजना हुने भनिएको एघारौं संस्करणको पोखरा महोत्सव स्थगित भएकाे छ ।

क्लवका अध्यक्ष राजु श्रेष्ठले साेमवार एक विज्ञप्ति जारी गर्दै महाेत्सव स्थगित भएकाे जानकारी गराएका हुन् ।

विज्ञप्तिमा भनिएकाे छ-“स्वास्थ्य क्षेत्रमा समेत काम गर्ने हाम्रो क्लवको उद्देश्य रहेकोले जनस्वास्थ्य प्रति उत्तरदायित्व वहन गर्नु हाम्रो कर्तब्य पनि हुन आउछ । तसर्थ नेपाल सरकारको कोभिड १९ संकट ब्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णयलाई पूर्ण रुपमा पालना गर्दै एघारौं संस्करणको पोखरा महोत्सव अर्को सुचना नआइन्जेल सम्मका लागि स्थगित गरिएको यहाँहरुलाई जानकारी गराउदँछौ ।”

विज्ञप्तिमा महोत्सवलाई सफल बनाउन सहयोग गर्ने महोत्सवको मुख्य प्रायोजक, उप प्रायोजक, प्रायोजक, सहयोगी संस्था, मिडिया पार्टनर, प्रवद्र्धक, अफिसियल संघ सस्थाहरु, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका लगायत सहयोग गर्ने सम्पूर्णप्रति हार्दिक आभार प्रकट गरिएकाे छ ।

महोत्सवमा बुक गरिसकिएका स्टल ब्यवसायीहरुलाई अर्को सुचना जारी भएपछि पुन सोही स्टल उपलब्ध गराउने अध्यक्ष श्रेष्ठले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

महोत्सव स्थगित गरिएतापनि युनाईटेड क्लवले लिएको शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन, सेती नदी संरक्षण र विपत ब्यवस्थापनमा गर्दै आएको कामलाई निरन्तरता दिने बताईएकाे छ।

साथै अर्को सुचना जारी नभएसम्म पोखरा महोत्सव २०७८ सम्बन्धी प्रचार प्रसारका सम्पूर्ण कामहरु स्थगित गरिदिन समेत पोखराका सम्पूर्ण सञ्चारमाध्यामहरुलाई अपिल समेत गरिएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्