गुणस्तरीय शिक्षाको खाँचो–उपसभामुख शर्मा

  • ख-
  • ख+

पाेखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक प्रयास आवश्यक हुने बताएकी छन् ।

पोखरा महानगरपालिका वडा नं. ९ वसपार्कस्थित सहारा आधारभूत विद्यालयको २५ औ वार्षिकोत्सवका अवसरमा नवनिर्मित पक्कि भवनको आज उद्घाटन गर्दै उहाँले सामुदायिक विद्यालयमा राज्यको लगानी अनुसार प्रतिफल प्राप्त हुन नसकेको बताईन् ।

सामुदायिक विद्यालयक भौतिक पूर्वाधारमा सम्पन्न भएपनि शैक्षिक गुणस्तर कायम हुनु नसकेको उल्लेख गर्दै उपसभामुख शर्माले यसका लागि राज्यका तीनै तहका सरकार जिम्मेवार भएर लाग्नु पर्नेमा जोड दिईन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाईको ७७ लाख १० हजारको लागतमा दुई तल्ले चार कोठे भवन निर्माण सम्पन्न गरिएको हो । विद्यालयमा हाल दुई सय ६१ जना छात्रछाछा अध्ययनरत छन् ।

कार्यक्रममा शिक्षा निर्देशक धनश्याम पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न सवै पक्षको साथ र सहयोग आवश्यक पर्ने बताए ।

गैसस महानसंघ केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले श्रमजिवी वर्गका बालबालिकाको अध्ययनको थलोको रुपमा परिचित सामुदायिक विद्यालयको शैक्षिक उन्नयनका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

प्रधानाध्यापक लोचना अधिकारले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शिक्षा महाशाखा एवम् डायल नेपालद्धारा व्यवस्था गरिएको दिवाखाजा कार्यक्रले विद्यार्थीको संख्यामा बृद्धि गर्न सहयोगि बनेको बताईन् ।

विद्यालयको भौतिक एवम् शैक्षिक क्षेत्रमा सहयोग गर्नुहुने नन्दराम गिरी, पूर्णबहादुर गुरुङ, गैससका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी, विक्रम थकालि, केशवबहादुर थापा, निर्माण व्यवसायि लिलकाजी गुरुङ, रुपा केसी, दुर्गा बहादुर गुरुङ, पूर्णकुमार श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक लोचना अधिकारी, प्रेमबहादुर गुरुङ, सुरज परियार, रामप्रसाद पौडेललाई कदरपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका छात्रछात्राले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्