पोखरा । “kidney health for all – bridge the gap to better kidney care” भन्ने नारासहित विहिवार विश्व मिर्गाैला दिवस मनाईएकाे छ ।
दिवसकाे अवसरमा पाेखरामा रहेकाे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सचेतना कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रममा मिर्गाैला रोग विशेषज्ञ डा. अमृत के.सी र डायलाइसिस इन्चार्ज गीता देवी तिवारी मिर्गाैला रोग र यसको रोकथामका उपायहरुका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रस्तुतिकाे क्रममा डा. के सीले सन्तुलित आहार विहार , फुर्तिलाे हुने, व्लड प्रेसर, सुगरलाई समय समयमा जाँच गर्ने र कन्ट्राेल गर्ने, मद्यपान धुमपान सेवन नगर्ने, चिकित्सककाे सल्लाहा विना जथाभावी आैषधी सेवन नगर्ने , डाईविटिज, हाईपरटेन्सन लगायतका विरामीले समयमै मिर्गाैला परिक्षण गर्ने लगायतका उपायहरु अलवम्वन गरेमा मिर्गाैला राेगबाट जाेगिन सकिन्छ भन्ने सुझावहरु दिए ।
कार्यक्रममा प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गाैला डायलाइसिस सेवा विस्तार गर्ने जानकारी गराईएकाे छ । साथै मिर्गाैला प्रत्यारोपण गर्ने सेवा सुरु गर्ने प्रतिबद्धता व्यक्त भएको छ । उक्त सेवा सञ्चालन गर्न प्रतिष्ठानले यसअघि नै मानव अंग प्रत्यारोपण केन्द्रसँग समझदारी गरिसकेको छ ।
कार्यक्रमका प्रमुख अतिथी प्रतिष्ठानका उपकुलपति प्रा. डा.डुकबहादुर क्षेत्री राेग लागेपछि आत्तिनुभन्दा राेग लाग्न नदिनकाे लागि सबै जना पहिले नै सचेत बन्न सुझाएका थिए ।
विशेष अतिथी डीन प्रा.डा. श्रीकृष्ण श्रेष्ठ,बरिष्ठ नर्सिङ प्रशासक सरिता कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए भने विरामीकाे तर्फबाट उपेन्द्र गौतमले बाेलेका थिए ।
प्रतिष्ठानका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीको अध्यक्षतामा भएकाे सचेतना कार्यक्रममा बिभागीय प्रमुख वार्ड इन्चार्ज, चिकित्सक नर्सिङ कर्मचारी,बिरामी सहितको सहभागिता रहेकाे थियो ।
कार्यक्रममा लामो समयसम्म डायलाइसिस गर्ने २ जना बिरामी र पूर्व कर्मचारी सकुन्तला राईलाई सम्मान गरिएको थियाे ।
नर्सिङ निरीक्षक कल्पना अधिकारीले स्वागत मन्तव्य राखेकते कार्यक्रमकाे सञ्चालन वरिष्ठ मे. रे. अधिकृत भीमप्रसाद पौडेलले गरेका थिए ।
यसैविच रानीपौवाको आस्था किड्नी एण्ड स्पेसलाइज्ड हस्पिटलले पनि सचेतना कार्यक्रम गरी विश्व मिर्गाैला दिवस मनाइएको छ ।
स्मरण रहाेस मिर्गौला रोगको जोखिम निराकरण गर्नका लागि सन् २००६ देखि हरेक वर्ष मार्चकाे दाेस्राे विहिवार विश्व मिर्गौला दिवस मनाइँदै आईएको छ ।
ण