‘१४ पिक्स’का निर्मल पुर्जाको उपस्थितिमा काठमाडौं, पोखरा र चितवनमा कन्सर्ट आयोजना गर्दै वर्ल्डलिङ्क

सिटी पोखरा
  • ख-
  • ख+

पोखरा ।

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले कीर्तिमानी आरोही तथा चर्चित डकुमेन्ट्री ‘१४ पिक्स’का निर्मल पुर्जाको उपस्थितिमा कन्सर्ट आयोजना गर्ने भएको छ । कम्पनीले यही चैत १० गते चितवनमा तथा १२ गतेका दिन पोखरा र काठमाडौंमा ‘वर्ल्डलिङ्क कार्निभल २.०’ आयोजना गर्ने भएको हो ।

हाल बेलायतमा रहेका पुर्जा १० गते नेपाल आइपुग्ने छन् । सोही दिन गृहनगर चितवन महानगरपालिकाले उनको सम्मानमा नगर परिक्रमा सहित विशेष कार्यक्रम आयोजना गर्नेछ ।

नारायणीको तिरमा साँझ साढे ४ बजेदेखि हुने उक्त कार्यक्रमलाई वर्ल्डलिङ्कले मुख्य प्रायोजन गर्नेछ । त्यसक्रममा निर्मल पुर्जाको साथमा ठूलो स्क्रिनमा ‘१४ पिक्स’ डकुमेन्ट्री हेर्ने कार्यक्रम समेत राखिएको छ । चितवनमा हुने कार्यक्रममा राजु लामा, स्वप्निल शर्मा गायन प्रस्तुती समेत रहनेछ ।

त्यसको भोलिपल्ट अर्थात् चैत १२ गते एकैदिन पोखराको मितेरी पार्क र काठमाडौंको भृकुटीमण्डपमा ‘वर्ल्डलिङ्क कार्निभल फेस्ट २.०’ आयोजना हुनेछ । बिहान ११ बजेदेखि नै सुरु हुने दुवै कार्यक्रममा निर्मल पुर्जाको विशेष उपस्थिति रहने र उनले आफ्नो भनाई समेत राख्ने कार्यक्रम छ ।

कन्सर्ट बेलुकी ८ बजेसम्म चल्ने वर्ल्डलिङ्कले जनाएको छ । काठमाडौंमा हुने कार्यक्रममा स्वप्न सुमन, सविन राई एन्ड फरोजको प्रस्तुति, बिनु शाक्यको नृत्य, सुमन कोइरालाको स्यान्डअप कमेडी रहनेछ ।

त्यस्तै पोखरामा हुने कार्यक्रममा सुशान्त केसी एन्ड द ब्याङ्गर्स र प्रवेशकुमार श्रेष्ठको प्रस्तुती, सजन श्रेष्ठको स्ट्यान्डअप कमेडी, क्रिस्टल कलाज डान्स क्र्युको नृत्य आदि समावेश छन् ।

‘वर्ल्डलिङ्क कार्निभल २.०’ मा बेली डान्स, गेम जोन, फुड जोन, किड्स प्ले जोन, फेस पेन्टिङ लगायतका आकर्षण समेत पाउन सकिनेछ । कन्सर्टमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । पुर्जा वर्ल्डलिङ्क कम्युनिकेसन्सका ब्रान्ड एम्बेस्डर समेत हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्