पाेखरामा एकै दिन ४५ वटा छाडा चाैपाया नियन्त्रणमा

  • ख-
  • ख+

तिर्थ के सी/पाेखरा । पाेखरा महानगरभित्र एकै दिन ४५ वटा छाडा चाैपाया नियन्त्रणमा लिईएकाे छ ।

आईतवार पाेखराकाे जिराे किमि, सिर्जनाचाेक,सभागृह, न्युराेड, महेन्द्रपुल, नयाबजार र बगर एरियाबाट छाडा चाैपाया नियन्त्रणमा लिएकाे पाेखरा महानगरपालिका कार्यालयका नगर प्रहरी नायव निरिक्षक पुरुषाेत्तम थापाले जानकारी दिए ।

उनले भने-‘सडकमा खुलेआम हिँडिरहेका छाडा चौपायाका कारण सवारी आवागमनमा मात्र समस्या नभई सडक दुर्घटना समेत हुने गरेकाले पोखरा महानगरका तर्फबाट २७ जना नगर प्रहरी,१० जना नेपाल प्रहरी र ५ जना ट्राफिक प्रहरीकाे सकृय सहभागितामा छाडा चाैपाय नियन्त्रणमा लिएकाे हाैं र नियन्त्रणमा लिएका चाैपायालाई महानगरपालिकाले तयार पारेको कान्जी हाउसमा राखिने छ। जहाँ अहिले १ सय ५० चाैपाय छन् ।’

उनका अनुसार भाेलि छाेरेपाटन र चाउथे आसपास रहेका चाैपाया नियन्त्रणमा लिईनेछ ।

छाडा चाैपायाका कारण सडक दुर्घटनाकाे सम्भावना बढ्ने भएकाले आफ्ना चाैपायाहरु बाटाेमा नछाेडिदिनुहुन महानगरले नगरवासीमा अनुराेध समेत गरेकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्