आजदेखि पुम्दीकाेटमा शिवमहापुराँण एवं धार्मिक पर्यटन महाेत्सव शुरु हुँदै,छाेरेपाटनबाट नि:शुल्क बसकाे व्यवस्था

  • ख-
  • ख+

पाेखरा। पोखरा २२ स्थित पुम्दी भुम्दीको पुम्दीकोटमा  आजदेखि शिवमहापुराँण एवं धार्मिक पर्यटन महाेत्सव शुरु हुदैछ ।

पुम्दीकोट कोट विकास समितिको आयोजनामा यही वैशाख १२ गतेसम्म संचालन हुने महाेत्सवको सम्पुर्ण तयारी पुरा भएको आयाेजकले जनाएकाे छ ।

मुख्य बाचकको रुपमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम रहने भएको समितिले जनाएको छ । आयाेजकका अनुसार बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म कथा प्रबर्चन, झाँकी प्रर्दशन गरिनेछ साथ‌ै महायज्ञमा विराट धनधान्य महापर्व,संगितमय भजन कृतन, कलश यात्रा, ग्रह शान्ति,लाख बत्ती बाल्ने,भूमि दान, तुलादान, लगायतका क्रियाकलाप गरिनेछन् । भने महायज्ञ स्थलसम्म साे अवधिभर जान आउन प्रत्येक दिन छाेरेपाटनदेखि पुम्दीकाेटसम्म नि:शुल्क यातायातकाे व्यवस्था गरिएकाे छ ।

पुम्दीकोट बिशाल महादेवको मुर्ति परियोजना अन्र्तगत अधुरा कार्य सम्पन्न गर्न र समितिको करिब ३ करोड ७५ लाख ऋण भएकोले उक्त भुक्तानी गर्नको लागि पनि पुनः दोश्रो पटक महायज्ञ आयोजना गर्न लागिएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए ।

परिमार्जित परियोजना अन्र्तगत सुमेरु पर्वत नामाकरण गरी कुमार, पार्वतीको मुर्ति स्थापना गर्ने, भुमेश्वर महादेव देखि सुमेरु पर्वतसम्म बिद्युतीय चियर कार निर्माण गर्ने, गृनरी पार्क निर्माण गर्ने, व्यबस्थित पार्किङ स्थल निर्माण गर्ने लगायतका परियोजना रहेको छ ।

४० करोडको उक्त परियोजना अन्र्तगत ५१ फिट अग्लो महादेवको मुर्ति, ३१ फिट अग्लो बिशाल डम्मरु, बिशाल महादेवको बिशाल क्षेत्र कुण्ड(गंगा पोखरी), १ सय ८ स्वर्गद्धारी सिढि निर्माण भएको उनले जनाए ।

त्यसै गरी एक सय ८ धारा सडित तेश्रो आँखा, २ सय १६ शिव लिंग, शिव ताण्डव नृत्य हल, अन्तराष्ट्यि ध्यान केन्द्र, मनोरेलद्धारा गणेश परिक्रमा, फुलमाला बिक्रिको लागि ४१ वटा सटर, कम्पाउण्ड वाल, प्रशासकिय भवन, सौचालय लगायतका भौतिक संचरना निर्माण भएको अध्यक्ष बरालले बताए ।

उक्त परियोजनाको करिब ५० प्रतिशत काम सकिदा करिब २० करोड लगानी भएको उनले जनाए । ९ दिन चल्ने महायज्ञमाबाट करिब ६ करोड रुपैया संकलन गर्ने लक्ष्य आयाेजककाे छ ।

यस अघि २०७३ फागुन ३ देखि १३ गतेसम्म संचालन भएको महायज्ञबाट ६ करोड २८ लाख नगद सहित २० रोपनी जग्गा प्राप्त भएको समितिले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्